करिब १ लाख ५१ हजार ट्याब्लेट नियन्त्रित लागूऔषध ट्रामाडोल सहित एक जना पक्राउ

करिब १ लाख ५१ हजार ट्याब्लेट नियन्त्रित लागूऔषध ट्रामाडोल सहित एक जना पक्राउ : Icon Khabar

पर्सा, पुस ८ । वीरगंज महानगरपालिका-३ प्रगतिनगर टोलस्थित श्रृष्टी किराना जेनरल स्टोरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ लाख ५१ हजार ८ सय ६० ट्याब्लेट सहित स्टोरका संचालक सोही महानगरपालिका-१ बस्ने ३८ वर्षीय राजाराम महतो कोईरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा अवैध लागूऔषध खरिद विक्री तथा अनाधिकृत रूपमा भण्डारण समेत भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छप्कैया र सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेक्वा चिनीमिल पर्साबाट खटिएको संयुक्त टोलीले स्टोर तलासी गर्दा लुकाई छिपाई राखिएको अवस्थामा उक्त लागूऔषध फेला पारी राजारामलाई पक्राउ गरेको हो ।

उनी विरूद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।

Published Date: 23 December 2024


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग