सुन व्यवसायीहरुले अब सीधै वाणिज्य बैंकबाट सुन खरिद गर्न पाउने

सुन व्यवसायीहरुले अब सीधै वाणिज्य बैंकबाट सुन खरिद गर्न पाउने : Icon Khabar

काठमाडौं, मंसिर १२ । सुन व्यवसायीहरुले अब सीधै वाणिज्य बैंकबाट सुन खरिद गर्न पाउने भएका छन्। सर्वोच्च अदालतले अर्को आदेश नआएसम्म सुनचाँदीको काराबोर गर्ने व्यवसायीले सीधै बैंकबाट खरिद गर्न पाउने निर्णय सुनाएको हो ।

यसअघि व्यवसायीहरुले सुनचाँदी व्यवसायी महासंघबाट तोकिएको कोटा अनुसार व्यवसायीका विभिन्न संघ र महासंघ मार्फत सुन खरिद गर्दै आएका थिए ।

न्यूरोडमा रहेको रिद्धि सिद्धि ज्वेलर्सले दायर गरेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले सुन–चाँदीको कारोबार गर्ने संघ संस्थामा आबद्ध नभए पनि व्यवसायीले सीधै वाणिज्य बैंकबाट सुन खरिद गर्न पाउने गरी अन्तरिम आदेश गरेको हो ।

मंसिर ७ गते सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको इजलासले राष्ट्र बैंकले जारी गरेको नियम पूरा भएको खण्डमा महासंघबाट खरिद नगरी सीधै वाणिज्य बैंकबाट सुन खरिद गर्न सक्ने आदेश दिएको हो । रिद्धिसिद्धि ज्वेलर्स प्रालिका तर्फबाट सागर ढुंगानाले गत असोज ११ गते अदालतमा रिट दायर गरेका थिए ।

यसअघि विदेशबाट वाणिज्य बैंकले दैनिक २० किलो सुन खरिद गरेर सुनचाँदी व्यवसायीका विभिन्न संघ र महासंघले खरिद गरेपछि मात्र व्यापारीहरुलाई दिने गरिदै आएको थियो ।

Published Date: 27 November 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु