सुन व्यवसायीहरुले अब सीधै वाणिज्य बैंकबाट सुन खरिद गर्न पाउने

सुन व्यवसायीहरुले अब सीधै वाणिज्य बैंकबाट सुन खरिद गर्न पाउने : Icon Khabar

काठमाडौं, मंसिर १२ । सुन व्यवसायीहरुले अब सीधै वाणिज्य बैंकबाट सुन खरिद गर्न पाउने भएका छन्। सर्वोच्च अदालतले अर्को आदेश नआएसम्म सुनचाँदीको काराबोर गर्ने व्यवसायीले सीधै बैंकबाट खरिद गर्न पाउने निर्णय सुनाएको हो ।

यसअघि व्यवसायीहरुले सुनचाँदी व्यवसायी महासंघबाट तोकिएको कोटा अनुसार व्यवसायीका विभिन्न संघ र महासंघ मार्फत सुन खरिद गर्दै आएका थिए ।

न्यूरोडमा रहेको रिद्धि सिद्धि ज्वेलर्सले दायर गरेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले सुन–चाँदीको कारोबार गर्ने संघ संस्थामा आबद्ध नभए पनि व्यवसायीले सीधै वाणिज्य बैंकबाट सुन खरिद गर्न पाउने गरी अन्तरिम आदेश गरेको हो ।

मंसिर ७ गते सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको इजलासले राष्ट्र बैंकले जारी गरेको नियम पूरा भएको खण्डमा महासंघबाट खरिद नगरी सीधै वाणिज्य बैंकबाट सुन खरिद गर्न सक्ने आदेश दिएको हो । रिद्धिसिद्धि ज्वेलर्स प्रालिका तर्फबाट सागर ढुंगानाले गत असोज ११ गते अदालतमा रिट दायर गरेका थिए ।

यसअघि विदेशबाट वाणिज्य बैंकले दैनिक २० किलो सुन खरिद गरेर सुनचाँदी व्यवसायीका विभिन्न संघ र महासंघले खरिद गरेपछि मात्र व्यापारीहरुलाई दिने गरिदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 November 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने