करिब ८५ किलोग्राम गाँजा सहित वीरगंजबाट ३ जना पक्राउ

करिब ८५ किलोग्राम गाँजा सहित वीरगंजबाट ३ जना पक्राउ : Icon Khabar

पर्सा, मंसिर ७ । वीरगंज महानगरपालिका-१६ बाईपास रोडस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ८५ किलो ८ सय ग्राम सहित सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ बस्ने ३५ वर्षीय शान्ता बहादुर तिमल्सिना समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा वीरगंजबाट खटिएको प्रहरीले बसपार्कबाट रजतजयन्ती चोकतर्फ जाँदै गरेको ना.४ ख ९२५८ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक शान्ता बहादुर र ट्रकमा सवार २ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 November 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने