भक्तपुर, कार्तिक २८ । भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादनलगायतको प्रवर्द्वन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ भक्तपुरमा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म पाँचदिने भक्तपुर महोत्सव हुने भएको छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न भक्तपुर महोत्सवबारे पत्रकार सम्मेलनमा भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिले पर्यटन उद्योग मार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पुर्याउने महोत्सवको प्रमुख उद्देश्य रहेको बताए।
उनले महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न रु. १ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको बताउदै महोत्सवबाट रु. ६० लाख आम्दानी हुने अनुमान गरिएको बताए।
भक्तपुरको कला, संस्कृति, सम्पदा र यहाँको मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनाहरूलाई जानकारी गराउदै भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने लक्ष्यसहित महोत्सवको आयोजना भएको उनले बताए।
आन्तरिक पर्यटन प्रवर्द्वन गर्नु महोत्सवको अर्को उद्देश्य हो भन्दै उनले भक्तपुरका मौलिक खाद्य सामग्री, संस्कार र जीवनशैलीबारे प्रचारप्रसार गरि व्यवसायीकरणको लागि आवश्यक सहजीकरण गर्ने नीति पनि रहेको सोही क्रममा बताए।
भक्तपुर महोत्सव अतिथि सत्कार समिति संयोजक एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवलाई भक्तपुरका गतिविधिहरु प्रदर्शन गर्ने अवसरको रुपमा सञ्चालन गरिने बताईन्।
२०५४ सालको भक्तपुर महोत्सवपछिको भव्य महोत्सवको रुपमा भक्तपुर महोत्सव २०८१ सञ्चालन हुने बताउँदै उनले सिंगो नगरलाई उत्सवमय बनाउन विभिन्न सञ्चारमाध्यम र पत्रकारहरुबाट आवश्यक प्रचारप्रसारमार्फत विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे।
महोत्सवमा ३२ वटा विधा ८० स्थानमा महोत्सव सञ्चालन हुने छ। पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुले भक्तपुर महोत्सवको सफलताको शुभकामना दिँदै महोत्सवबारे रचनात्मक सुझावहरु दिएका थिए।
Published Date: 13 November 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1