एक सातापछि काठमाडौं उपत्यका लगायत देशभर चिसो बढ्ने सम्भावना

एक सातापछि काठमाडौं उपत्यका लगायत देशभर चिसो बढ्ने सम्भावना : Icon Khabar

काठमाडौँ, कार्तिक १७ । एक सातापछि काठमाडौं उपत्यका लगायत देशभर चिसो बढ्ने सम्भावना रहेको छ।

जलवायु तथा विपद् व्यवस्थापनविद् डा.धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताएका छन्।

‘भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्बर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ,’ उनले भने, ‘कहिले छिटो त कहिले ढिलो गरी चिसो सुरू हुन्छ, सामान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न सुरू हुन्छ।’

शुक्रबार रातिसम्म काठमाडौंको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका केही स्थानमा हल्का वर्षा समेत भएकाले चिसो सुरू भएको छ।

चिसोयाम सुरू भएपछि मानिसलाई दम, रूघाखोकी, ज्वरो लगायत समस्या उब्जने तथा चिसोको समयमा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्नेमा जनस्वास्थ्यविद्हरूले सुझाव दिएका छन्।

Published Date: 02 November 2024


ताजा
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर वर्षाको सम्भावना: बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहनसक्ने चेतावनी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु