भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान

भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान : Icon Khabar

काठमाडौं, कार्तिक १३ । भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान छ । पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ ।

मौसमविद एवम् त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी वायुको प्रभावले आगामी आइतबार अपराह्नदेखि सोमबारसम्म लगातार वर्षा हुने सम्भावना देखिएको बताए ।

‘युरोपियन र अमेरिकन दुवै मोडेलले आइतबार र सोमबार वर्षा हुने सम्भावना देखाएको छ,’ उनले भने, ‘आइतबारको तुलनामा सोमबार धेरै ठाउँमा वर्षा हुने सम्भावना छ ।’ उनका अनुसार आइतबार कोशी प्रदेशका जिल्लामा र सोमबार मधेश, बागमती र गण्डकी प्रदेशमा समेत वर्षा हुने सम्भावना छ ।

सामान्यतया पश्चिमी वायु मेडिटेरियन रिजनबाट आउँछ । यसले वायुमण्डलको माथिल्लो भागमा जलवाष्पयुक्त हावा ल्याउँदै छ भने अरेबियन सागरबाट वायुमण्डलको तल्लो भागमा जलवाष्पयुक्त हावा आउने छ । यी दुवै मिसिएर नेपालमा पानी पार्ने सम्भावना देखिएको हो ।

यो वर्षा वर्षायाममा जस्तो लगातार पर्ने झरी जस्तो हुने छैन । त्यसैले यात्रामा प्रभाव नपर्ने पूर्वानुमान मौसमविदको छ ।

सोमबारपछि भने मौसम सफा हुने छ । वर्षाले प्रदूषण केही घटाउने र जाडो बढाउने सम्भावना छ ।

Published Date: 29 October 2024


ताजा
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?
तपाईले आज खिर खानुभयो त ?
त्रिभुवन विश्वविद्यालयद्वारा मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु