आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकासँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकासँग नेपाल पराजित : Icon Khabar

काठमाडौं, कार्तिक १२ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल अमेरिकासँग पराजित भएको छ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा राति भएको खेलमा २८७ रनको लक्ष्य पाएको अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ पाएको नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २ सय ८६ रन बनाएको थियो । तर अमेरिकाले निर्धारित ओभरको २ बल बाँकी छँदै ७ विकेटको क्षतिमा र्नै जीत हासिल गरेको थियो ।

नेपालका लागि कप्तान रोहित पौडलले ७५ बलमा ९६ रन बनाए । आशिफ शेखले ५३ बलमा ५२ रन बनाउँदा कुशल भुर्तेलले २८ बलमा ११ रन, आरिफ सेखले एक छक्का र दुई चौका प्रहार गर्दै ४५ बलमा ३७ रन बनाए।

यस्तै दीपेन्द्रसिंह ऐरीले १७ बलमा १३ रन, गुल्सन झाले ३ बलमा एक रन, सोमपाल कामीले चार बलमा दुई रन, सन्दीप लामिछानेले ११ बलमा ५ रन र करण केसीले तीन बलमा तीन रन बनाएर आउट भए । नेपालका लागि ललित राजवंशीले एक बलमा एक रन बनाए।

अमेरिकाका लागि नोसथुस केन्जिगेले सर्वाधिक चार विकेट लिए भने सौरभ नेत्रावलकरले दुई विकेट लिए । जसदीप सिंह, हरमित सिंह र स्याड्ली भान श्यालवाएकले समान एकएक विकेट लिए। नेपालले दोस्रो खेल मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ ।

Published Date: 28 October 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु