आजको मौसम पूर्वानुमान: भारतकोसहित नेपालमा तीन मौसमी प्रणाली

आजको मौसम पूर्वानुमान: भारतकोसहित नेपालमा तीन मौसमी प्रणाली : Icon Khabar

काठमाडौं, कार्तिक ११ । देशभर स्थानीय वायु, पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यसका अतिरिक्त भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

अहिले बिहान कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज (आइतबार) दिउँसो कोशी र बागमती प्रदेशलगायत देशका  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका  एक–दुई स्थानमा मेघगर्जन / नचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Published Date: 27 October 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न