दोलखामा यात्रुबाहक बस दुर्घटना

दोलखामा यात्रुबाहक बस दुर्घटना : Icon Khabar

दोलखा, असोज २७ । ओखलढुङगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दोलखामा दुर्घटना भएको छ ।

ओखलढुङगाबाट काठमाडौं आउँदै गरेको र रामेछापतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस आइतबार दिउँसो दोलखाको बैत्यश्वर गाउँपालिका ६ गोपीखोलामा एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।

बा ५ ख ५६३१ नम्बर र प्रदेश ३.०१०५ ख३९५६ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि चरिकोट ल्याईएको छ । घाइतेहरुको चरिकोटमा उपचार भइरहेको छ ।

दुर्घटनाका कारण अवरुद्ध पुष्पलाल मार्ग खुलाईएको प्रहरीले जनाएको छ ।

Published Date: 13 October 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु