सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोड बराबरको क्षति

सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोड बराबरको क्षति : Icon Khabar

काठमाडौं, असोज २४ । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोड बराबरको क्षति भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दिएको जानकारी अनुसार अविरल वर्षाका कारण ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो ।

क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको २ करोड ८५ लाख, गोरखा दरौंदी यातायात सेवा कम्पनीको ६० लाख बराबरको क्षति भएको महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।

यस्तै, बाग्मती टिपर व्यवसायी संघको २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी संघको २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको ६ करोड ६५ लाख र रसुवागढी नाकामा ४ करोड बराबरको क्षति भएको छ ।

महासंघका महासचिव डेकनाथ गौतमले देशभर सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरेर बुधबार गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा बुझाइएको जानकारी दिए । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 October 2024
Website | + posts