काठमाडौं, असोज २३ । सेयर बजारमा चाडपर्वको प्रभाव देखिएको छ । लगानीकर्ता फेस्टिभ मुडमा हुँदा कारोबार रकम र नेप्से सूचक दुवै सामान्य रहेको हो ।
आज नेप्से परिसूचक ४.८५ विन्दुले बढेर २६६८.१७ अंकमा अडिएको छ । ३ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज २९४ कम्पनीको ८३ लाख १२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा बैंक र हिमालयन रिइन्सुरेन्स परेका छन् ।
Published Date: 09 October 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1