चाडबाड मनाउन करिब १० लाख यात्रु काठमाडौँ उत्यकाबाट बाहिरिँदै

चाडबाड मनाउन करिब १० लाख यात्रु काठमाडौँ उत्यकाबाट बाहिरिँदै : Icon Khabar

काठमाडौँ, असोज २३ । चाडबाड मनाउन सडक यातायातबाट करिब १० लाख यात्रु काठमाडौँ उत्यकाबाट बाहिरिँदै छन् । घटस्थापनादेखि पाँच दिनसम्म चार लाख २४ हजार यात्रु बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

२४ घण्टामा झन्डै एक लाख यात्रु राजमार्ग भएर बाहिरिरहेका छन् । उक्त aसङ्ख्या फूलपातीका दिनसम्म अझ बढ्न सक्ने ट्राफिक प्रहरी कार्यालयको दाबी छ । मङ्गलबार, बुधबार र बिहीबार धेरै सङ्ख्यामा यात्रु बाहिरिने भएकाले ट्राफिक व्यवस्थापन पनि सोही अनुसार गरिएको कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रविन कार्कीले बताए।

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँका दिन पनि यात्रा गर्न सकिने जनाएको छ । सार्वजनिक सवारी नियमित रूपमा सञ्चालन हुने भएकाले लामो तथा छोटो दुरीका सवारी सञ्चालन हुने महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए। बसहरू नियमित रुट र क्यु फ्रीमा सञ्चालन हुने छन् ।

असोज २४ गते फूलपातीका दिनसम्म यात्रुको चाप हुने भएकाले थप गाडी सञ्चालन गरिएको छ तर सडक भत्किएकाले समयमा काठमाडौँ आउनुपर्ने सवारी आउन नसक्दा व्यवस्थापनमा कठिनाइ भएको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए।

Published Date: 09 October 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु