दुई महिनामा नेपालमा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँ मोबाइल आयात

दुई महिनामा नेपालमा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँ मोबाइल आयात : Icon Khabar

काठमाडौं, असोज ११ । चाडपर्वलाई लक्षित गर्दै मोबाइल व्यवसायीहरुले विभिन्न अफरहरु सार्वजनिक गरेसँगै मोबाइलको आयात पनि बढेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँ भन्सार मूल्यका ४ लाख ५४ हजार ९ सय वटा मोबाइल नेपाल भित्रिएको छ ।

साउन र भदौमा भित्रिएका मोबाइल दशैं तिहारलाई लक्षित गरेरै भित्रिएको अनुमान गरिएको छ । गत वर्षको पहिलो दुई महिनाको तुलनामा यो वर्षको सोही अवधिमा एक अर्ब ३४ करोड भन्दा बढी भन्सार मूल्यका मोबाइल नेपाली बजारमा भित्रिएका छन् ।

गत वर्षको तुलनमा यस वर्ष दशैलाई लक्षित गरेका कारण साउन र भदौमा ८८ हजार ४ सय वटा वढी मोबाइल भित्रिएका हुन् ।

Published Date: 27 September 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु