सार्वजनिक यातायातमा अब ठूलो आवाजमा गीत बजाउन नपाइने

सार्वजनिक यातायातमा अब ठूलो आवाजमा गीत बजाउन नपाइने : Icon Khabar

काठमाडौं, भदौ २७ । नजिकिँदै गरेको वडादशैंलाई लक्षित गरेर सर्वोच्च अदालतले यातायात क्षेत्रसंग सम्बन्धित विभिन्न पाँच विषयमा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश टंकप्रासद भट्टराईसहित १० जनाले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले यात्रुको इच्छाविपरीत ठूलो आवाजमा गीत नबजाउन आदेश दिएको छ ।

यसका साथै १८ उमेर पुरा नभएका नाबालकलाई परिचालकको काममा नलगाउन पनि आदेश दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवस्था विभागका महानिर्देशक, नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरिएको थियो । न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासबाट यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न पाँच विषयमा अन्तरिम आदेश जारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 September 2024
Website | + posts