स्वास्थ्य मन्त्रालयद्वारा सूर्यविनायक नगर अस्पताललाई ४५ लाख बराबरको सामग्री हस्तान्तरण

स्वास्थ्य मन्त्रालयद्वारा सूर्यविनायक नगर अस्पताललाई ४५ लाख बराबरको सामग्री हस्तान्तरण : Icon Khabar

काठमाडौँ, भदौ २४ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको अन्तर्गत रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाले भक्तपुरस्थित सूर्यविनायक नगर अस्पताललाई मेडिकल उपकरण तथा औषधी हस्तान्तरण गरेको छ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायक नगरपालिकाले वडा नम्बर ८ स्थित जगातीमा सञ्चालित अस्पताललाई ४५ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा मन्त्री थापाले स्वास्थ्य सेवामाथिको नागरिकको पहुँच बढाउन प्रदेश सरकार लागेको बताए।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाले अस्पतालको माग अनुसार सिप्याप मेसिन, विप्याप मेसिन, हाइ फ्लो नोजल क्यानुला, प्यासेन्ट मनिटर , डेफिव्रिलाटर मेसिन, माइक्रो स्कोप, इसिजी मेसिनलगायत औषधी अस्पतालका प्रमुख डा. राकेशकुमार वर्मालाई हस्तान्तरण गरिएको हो।

Published Date: 09 September 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु