पारालिम्पिक्सकी पदक विजेता पलेशाको सम्मानमा नगरपरिक्रमा गराइने

पारालिम्पिक्सकी पदक विजेता पलेशाको सम्मानमा नगरपरिक्रमा गराइने : Icon Khabar

काठमाडौँ, भदौ १८ । पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धनको सम्मानमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बुधवार नगरपरिक्रमा गराउने भएको छ।

पेलशा , उनका प्रशिक्षक कविराज नेगी लामासहितको टोली बुधवार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्ने बताइएको छ ।

८:३० बजे बाट पलेशासहितको एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर र्याली टुंगिने राखेपले जनाएको छ।

पारा तेक्वान्दो खेलाडी पलेशाले  के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै कास्य पदक जितेकी हुन् । पलेशाले पारा एसियाली खेलकुदमा कास्य पदक जितेकी थिइन्।

Published Date: 03 September 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड