आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, भदौ १९ ।  आज २०८१ भदौ १९ गते बुधबार, तद्अनुसार ४ अगष्ट २०२४ । आज कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ शुक्ल प्रतिपदा, चन्द्रमा सिंह राशिमा, उत्तर फाल्गुनी नक्षत्र, साध्य योग, बव करण, सूर्योदय बिहान ०५ः४४ बजे, सूर्यास्त साँझ १८ः२० बजे हुनेछ ।

आजको राशिफल

मेष: पारिवारिक सुख–शान्ति कायम रहने छ । कुनै प्रभावशाली व्यक्तिको सहयोग प्राप्त हुनेछ । पूजा–पाठमा मन लाग्ने छ ।

वृष: स्वास्थ्य कमजोर रहने छ । कार्य गर्दा लापरवाही नगर्नु होला । पारिवारिक सहयोग पाइने छ ।

मिथुन: घर–परिवारको चिन्ता रहने छ । कुनै वरिष्ठ व्यक्तिको मार्गदर्शन तथा सहयोग प्राप्त हुनेछ । जीवनसाथीबाट सहयोग पाइने छ । घर–परिवारमा प्रसन्नता रहने छ ।

कर्कट: लेन–देनमा हतार न गर्नु होला । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । आम्दानीमा वृद्धि हुनेछ ।

सिंह: रचनात्मक कार्य सफल हुनेछ । कुनै प्रबुद्ध व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ ।

कन्या: मेहनत बढी गर्नु पर्नेछ । स्वास्थ्य कमजोर रहने छ । हतारमा कुनै पनि महत्वपूर्ण निर्णय नलिनु होला ।

तुला: सामाजिक कार्य गर्न मन लाग्ने छ । अरुलाई सहयोग गर्न सक्नु हुनेछ । मान–सम्मान प्राप्त हुनेछ । मनोरञ्जक यात्रा हुनसक्छ ।

वृश्चिक: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । कुनै नयाँ ठूलो काम गर्ने योजना बन्ने छ । लाभमा वृद्धि हुनेछ । समय प्रसन्नतापूर्वक व्यतीत हुनेछ ।

धनु: कुनै ठूलो समस्याको हल निस्कने छ । व्यावसायिक साझेदारले पूर्ण सहयोग गर्नेछन् । यात्रा मनोरञ्जक रहने छ ।

मकर: स्वास्थ्यलाई प्राथमिकता दिनु होला । लेन–देनमा हतार नगर्नु होला । अनावश्यक खर्च गर्नबाट जोगिनु होला ।

कुम्भ: आम्दानीमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ । मनोरञ्जक यात्राको योजना बन्ने छ । भाग्यको साथ पाइने छ ।

मीन : मान–सम्मान पाइने छ । योजना पूरा हुनेछ । घर–परिवारसंग साथ आराम तथा मनोरञ्जनसंग व्यतीत हुनेछ ।

Published Date: 04 September 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय