अनेकौं रोगको उपचारमा काम लाग्ने नीम

अनेकौं रोगको उपचारमा काम लाग्ने नीम : Icon Khabar

काठमाडौँ, भदौ १७ । नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन्। यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ। नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नहुने।

नीमका डाँठ, जरा, बोक्रा र फल सबैमा शक्तिवर्द्धक तत्व विद्यमान हुन्छन् अनि रोगविरुद्ध लड्छन्। यसको बोक्रा विशेषगरी औलो र छालासम्बन्धी रोग निको पार्नका लागि उपयोगी हुन्छन्।नीममा मधुमेह, क्यान्सर, मुटुरोग, एलर्जी लगायतका कैयौं रोगसँग लड्ने क्षमता हुन्छ। आयुर्वेदमा यसलाई सर्वरोगनिवारिणी भनिएको छ।

पृथ्वीमा जीवन सूर्यको शक्तिबाट नै चलेको हुन्छ। सूर्यको ऊर्जाबाट जन्मेको तमाम जीवहरूमा नीमले नै सबभन्दा बढी सूर्य ऊर्जा सोसेको छ। त्यसैले यसलाई रोगनिवारक मानिएको छ।

नीमको एक पातमा १५० भन्दा धेरै रासायनिक प्रबन्ध हुन्छ। यस धर्तीमा पाइने पातहरूमा नीमको पात नै सबैभन्दा जटिल हुन्छ।

नीमको पातले मानसिक रोग, दन्तरोग, छालाको रोग लगायत धेरै रोग निको पार्छ। तपाईंले घरमा नीम रोप्नुभएको छ भने तपाईंमा यसको राम्रो प्रभाव पर्छ।

शरीरमा करोडौं ब्याक्टेरिया हुन्छन्। तीमध्ये धेरैजसो ब्याक्टेरियाहरू हानिकारक हुन्छन्। ती हानिकारक ब्याक्टेरियालाई मार्नका लागि नुहाउनुअघि शरीरमा नीमको लेप लगाउनुस् र शरीरमै सुक्न दिनुस्। त्यसपछि पानीले मजाले धुनुस्। तपाईंको शरीरका सारा ब्याक्टेरिया नष्ट हुन्छन्। यसको विकल्पमा नीमका केही पात पानीमा राखेर रातभरि छोडिदिनुस् अनि बिहान उठेर त्यो पानीले शरीर नुहाउनुस्।

नीमले तपाईंको शरीर प्रणालीलाई सफा राख्छ। यसले गर्मी पैदा गर्छ र शरीरमा तीव्र एवं प्रचण्ड ऊर्जा उत्पन्न गराउँछ। -एजेन्सी

Published Date: 02 September 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग