आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घट्यो : Icon Khabar

काठमाडौं, भदौ ९ । आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ अंकमा आएर अडिएको छ ।

आज १९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । माइक्रोफाइनान्सबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । आइतबारको गिरावटसँगै बजार पुनः २८ सयको लाइनमा आएको छ ।

आज ३३३ कम्पनीको ४ करोड २६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८४ करोड ६८ लाखभन्दा बढीसहित कारोबार रकममा अपि पावर अग्रस्थानमा छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंक परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 August 2024
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित