भक्तपुरको एक डेरी पसलमा आगलागी, ३ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति

भक्तपुरको एक डेरी पसलमा आगलागी, ३ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति : Icon Khabar

काठमाडौं, भदौ ७ । भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नम्बर ७ धुन्चेपाखामा रहेको डेरी पसलमा आगलागी भएको छ ।

आज बिहान शिवदूती डेरीमा आगलागी हुँदा ३ लाख ५४ हजार रुपैयाँ बराबरको सामान जलेर क्षति पुगेको भक्तपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले ८ बजेर १९ मिनेटमा आगलागी भएको र ८ बजेर ३१ मिनेटमा आगो नियन्त्रणमा लिइएको जानकारी दिए ।

आगो निभाउन प्रहरी वृत्त ठिमीबाट २० जनाको टोली खटिएको थियो ।

Published Date: 23 August 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु