ह्वावेले ट्रिपल-फोल्डेबल स्मार्टफोन ल्याउने

ह्वावेले ट्रिपल-फोल्डेबल स्मार्टफोन ल्याउने : Icon Khabar

काठमाडौं, साउन २७ । ह्वावेले ट्रिपल-फोल्डेबल स्मार्टफोन विकास गरिरहेको खबर गत जुलाईमा बाहिरिएको थियो । हालै यो स्मार्टफोन ह्वावेका एक उच्च अधिकारीको हातमा देखिएको छ । एन्ड्रोइड हेडलाइन्सको रिपोर्ट अनुसार ह्वावे कन्जुमर बिजनेस ग्रुपका सीईओ रिचर्ड यूको हातमा यो ट्राइ-फोल्ड स्मार्टफोन परेको छ ।

यो फोनमा ठूलो इनर स्क्रिन देखिन्छ, जुन तीन पटक फोल्ड गर्न सकिन्छ । वेइबोमा डिजिटल च्याट स्टेशन नामक टिप्स्टरले यसलाई पहिले कम्पनीको अनुसन्धान तथा विकास (आर एन्ड बी) का क्रममा देखिएको प्रोटोटाइप मिल्ने दावी गरेका छन् ।

यो स्मार्टफोनमा १० इन्चको इनर डिस्प्ले रहने छ, जसको फ्रन्ट क्यामेराका लागि होल-पन्च कटआउट राखिएको हुनेछ । यो स्मार्टफोन ट्राइ-फोल्ड हुँदा पनि मोटाइ धेरै नहुने अनुमान गरिएको छ ।

सम्भवतः यो स्मार्टफोनमा ह्वावेको नयाँ किरिन नाइन सिरिजको प्रोसेसर हुनेछ, जुन ह्वावेको पछिल्लो प्रोसेसर हो । हालसम्म फोनको बारेमा धेरै जानकारी बाहिर आएको छैन, तर यो ह्वावे मेट एक्स ६ को रूपमा बजारमा आउने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 August 2024
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने