ह्वावेले ट्रिपल-फोल्डेबल स्मार्टफोन ल्याउने

ह्वावेले ट्रिपल-फोल्डेबल स्मार्टफोन ल्याउने : Icon Khabar

काठमाडौं, साउन २७ । ह्वावेले ट्रिपल-फोल्डेबल स्मार्टफोन विकास गरिरहेको खबर गत जुलाईमा बाहिरिएको थियो । हालै यो स्मार्टफोन ह्वावेका एक उच्च अधिकारीको हातमा देखिएको छ । एन्ड्रोइड हेडलाइन्सको रिपोर्ट अनुसार ह्वावे कन्जुमर बिजनेस ग्रुपका सीईओ रिचर्ड यूको हातमा यो ट्राइ-फोल्ड स्मार्टफोन परेको छ ।

यो फोनमा ठूलो इनर स्क्रिन देखिन्छ, जुन तीन पटक फोल्ड गर्न सकिन्छ । वेइबोमा डिजिटल च्याट स्टेशन नामक टिप्स्टरले यसलाई पहिले कम्पनीको अनुसन्धान तथा विकास (आर एन्ड बी) का क्रममा देखिएको प्रोटोटाइप मिल्ने दावी गरेका छन् ।

यो स्मार्टफोनमा १० इन्चको इनर डिस्प्ले रहने छ, जसको फ्रन्ट क्यामेराका लागि होल-पन्च कटआउट राखिएको हुनेछ । यो स्मार्टफोन ट्राइ-फोल्ड हुँदा पनि मोटाइ धेरै नहुने अनुमान गरिएको छ ।

सम्भवतः यो स्मार्टफोनमा ह्वावेको नयाँ किरिन नाइन सिरिजको प्रोसेसर हुनेछ, जुन ह्वावेको पछिल्लो प्रोसेसर हो । हालसम्म फोनको बारेमा धेरै जानकारी बाहिर आएको छैन, तर यो ह्वावे मेट एक्स ६ को रूपमा बजारमा आउने चर्चा छ ।

Published Date: 11 August 2024


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग