बंगलादेशका विभिन्न कलेजमा भर्ना खुल्ला, स्थिति सामान्य

बंगलादेशका विभिन्न कलेजमा भर्ना खुल्ला, स्थिति सामान्य : Icon Khabar

ढाका, साउन २७ । बंगलादेशका विभिन्न कलेज र मदरसामा कक्षा ११ मा चौथो चरणको भर्नाका लागि आवेदन प्रक्रिया आइतबारदेखि सुरु हुँदैछ । केही कलेज र मदरसाका सिट खाली भएकाले तीन चरणमा आवेदन दिएर पनि विद्यार्थी भर्ना हुन नसकेकाले यस्तो निर्णय गरिएको हो । विद्यार्थीहरूले अर्को बुधबारसम्म अनलाइन आवेदन दिने अवसर पाउनेछन् ।

चौथो चरणको आवेदनको नतिजा अगस्ट १७ मा घोषणा गरिने छ र विद्यार्थी कन्फर्मेसन अगस्ट १८ मा सुरु भएर १९ अगस्ट साँझसम्म जारी रहनेछ। सबै प्रक्रिया पछि चौथो चरणका लागि कलेजहरूमा भर्ना अगस्त १९ बाट सुरु हुनेछ । कोटा सुधारका लागि जारी आन्दोलनका बीच गत असार १६ गते देशभरका सबै सरकारी तथा निजी विद्यालय, कलेज, मदरसा र विश्वविद्यालय अनिश्चितकालका लागि बन्दको घोषणा गरिएको थियो ।

विद्यार्थीले आवेदन दिने कलेजहरूमध्ये एउटा मात्र कलेजको योग्यता, कोटा र प्राथमिकताका आधारमा उनीहरूको भर्ना निर्धारण गरिनेछ। नयाँ आरक्ष्णको ब्यवस्था पछि भर्ना लिन लागिएको हो ।

Published Date: 11 August 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी