बंगलादेशका विभिन्न कलेजमा भर्ना खुल्ला, स्थिति सामान्य

बंगलादेशका विभिन्न कलेजमा भर्ना खुल्ला, स्थिति सामान्य : Icon Khabar

ढाका, साउन २७ । बंगलादेशका विभिन्न कलेज र मदरसामा कक्षा ११ मा चौथो चरणको भर्नाका लागि आवेदन प्रक्रिया आइतबारदेखि सुरु हुँदैछ । केही कलेज र मदरसाका सिट खाली भएकाले तीन चरणमा आवेदन दिएर पनि विद्यार्थी भर्ना हुन नसकेकाले यस्तो निर्णय गरिएको हो । विद्यार्थीहरूले अर्को बुधबारसम्म अनलाइन आवेदन दिने अवसर पाउनेछन् ।

चौथो चरणको आवेदनको नतिजा अगस्ट १७ मा घोषणा गरिने छ र विद्यार्थी कन्फर्मेसन अगस्ट १८ मा सुरु भएर १९ अगस्ट साँझसम्म जारी रहनेछ। सबै प्रक्रिया पछि चौथो चरणका लागि कलेजहरूमा भर्ना अगस्त १९ बाट सुरु हुनेछ । कोटा सुधारका लागि जारी आन्दोलनका बीच गत असार १६ गते देशभरका सबै सरकारी तथा निजी विद्यालय, कलेज, मदरसा र विश्वविद्यालय अनिश्चितकालका लागि बन्दको घोषणा गरिएको थियो ।

विद्यार्थीले आवेदन दिने कलेजहरूमध्ये एउटा मात्र कलेजको योग्यता, कोटा र प्राथमिकताका आधारमा उनीहरूको भर्ना निर्धारण गरिनेछ। नयाँ आरक्ष्णको ब्यवस्था पछि भर्ना लिन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 August 2024
Website | + posts
ताजा
बुधबार सेयर बजार परिसूचक नेप्से ९.७० अंकले घट्यो
बाढीपहिरोका कारण एक महिनादेखि उत्तरी नाका बन्द भएपछि १७ सय कन्टेनर अलपत्र
ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू