नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो २० जना अनुसन्धानकर्ताको आवेदन

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो २० जना अनुसन्धानकर्ताको आवेदन : Icon Khabar

काठमाडौं, साउन २७ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २० जना अनुसन्धानकर्ता करारमा भर्ना गर्ने भएको छ। आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरिने विभिन्न अनुसन्धान कार्यक्रमहरू सञ्चालन गर्नका लागि करार सेवामा उक्त जनशक्ति लिन लागेको हो।

सिनियर रिसर्च एशोसिएट १, रिसर्च एशोसिएट १४, रिसर्च एशसिस्टेन्ट ५ जना माग गरिएको छ। यसैगरी बायोस्टाटिस्टियन १, फाइनान्स एडमिन १, एडमिन १ र लजिस्टिक एशिस्टेन्ट १ जना माग गरिएको छ।

आइतबार सूचना प्रकाशित भएको छ । आगामी १५ दिनभित्र योग्यता पुगेकाले दरखास्त दिन भनिएइको छ।

दरखास्त फाराम परिषद्को वेबसाइट www.nhrc.gov.np बाट डाउनलोड गर्नुपर्नेछ। दरखास्त फाराम भरी परिषद्को कार्यालयमा बुझाउनुपर्नेछ । दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट दरखास्त फाराम बुझाउन सकिनेछ । यस सम्बन्धमा विस्तृत जानकारीको लागि परिषद्को वेबसाइट www.nhrc.gov.np मा हेर्न सकिने उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 August 2024
Website | + posts