नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो २० जना अनुसन्धानकर्ताको आवेदन

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो २० जना अनुसन्धानकर्ताको आवेदन : Icon Khabar

काठमाडौं, साउन २७ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २० जना अनुसन्धानकर्ता करारमा भर्ना गर्ने भएको छ। आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरिने विभिन्न अनुसन्धान कार्यक्रमहरू सञ्चालन गर्नका लागि करार सेवामा उक्त जनशक्ति लिन लागेको हो।

सिनियर रिसर्च एशोसिएट १, रिसर्च एशोसिएट १४, रिसर्च एशसिस्टेन्ट ५ जना माग गरिएको छ। यसैगरी बायोस्टाटिस्टियन १, फाइनान्स एडमिन १, एडमिन १ र लजिस्टिक एशिस्टेन्ट १ जना माग गरिएको छ।

आइतबार सूचना प्रकाशित भएको छ । आगामी १५ दिनभित्र योग्यता पुगेकाले दरखास्त दिन भनिएइको छ।

दरखास्त फाराम परिषद्को वेबसाइट www.nhrc.gov.np बाट डाउनलोड गर्नुपर्नेछ। दरखास्त फाराम भरी परिषद्को कार्यालयमा बुझाउनुपर्नेछ । दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट दरखास्त फाराम बुझाउन सकिनेछ । यस सम्बन्धमा विस्तृत जानकारीको लागि परिषद्को वेबसाइट www.nhrc.gov.np मा हेर्न सकिने उल्लेख छ।

Published Date: 11 August 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग