फ्रान्सको पेरिसमा जारी ओलम्पिकमा अमेरिकाले कायम राख्यो आफ्नो अग्रता

फ्रान्सको पेरिसमा जारी ओलम्पिकमा अमेरिकाले कायम राख्यो आफ्नो अग्रता : Icon Khabar

काठमाडौँ, साउन २३ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिकमा अमेरिकाले पदक तालिकाका आफ्नो अग्रता कायम राखेको छ ।

साउन ११ गतेदेखि सुरु भएको ओलम्पिकको १२औँ दिन बुधबारसम्म अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ नै काँस्य पदक जित्दै शीर्षस्थान कायम गरेको हो । अमेरिकालाई पछ्याइरहेको चीन दोस्रो स्थानमा छ । चीनले २२ स्वर्ण, २१ रजत र १६ काँस्य पदक जितेको छ ।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १४ स्वर्ण १२ रजत र नौ काँस्य जितेको छ । आयोजक फ्रान्स १३ स्वर्ण, १६ रजत र १९ काँस्य पदकसहित चौथो स्थानमा छ । पाँचौँ स्थानमा रहेको ग्रेट ब्रिटेनले १२ स्वर्ण, १५ रजत र १९ काँस्य जितेको छ ।

यस्तै दक्षिण कोरिया ११ स्वर्ण, आठ रजत र सात काँस्यसहित छैटौँ, जापान ११ स्वर्ण, ६ रजत र १२ काँस्यसहित सातौँ, इटाली नौ स्वर्ण, १० रजत र सात काँस्यसहित आठौँ, नेदरल्यान्ड्स आठ स्वर्ण, पाँच रजत र ६ काँस्यसहित नवौँ तथा जर्मनी आठ स्वर्ण, पाँच रजत र चार काँस्यसहित शीर्ष १० मा अटाएको छ । बुधबारसम्म ७६ देशले काँस्यसम्म पदक हात पारेका छन् । – एजेन्सी

Published Date: 07 August 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी