फ्रान्सको पेरिसमा जारी ओलम्पिकमा अमेरिकाले कायम राख्यो आफ्नो अग्रता

फ्रान्सको पेरिसमा जारी ओलम्पिकमा अमेरिकाले कायम राख्यो आफ्नो अग्रता : Icon Khabar

काठमाडौँ, साउन २३ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिकमा अमेरिकाले पदक तालिकाका आफ्नो अग्रता कायम राखेको छ ।

साउन ११ गतेदेखि सुरु भएको ओलम्पिकको १२औँ दिन बुधबारसम्म अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ नै काँस्य पदक जित्दै शीर्षस्थान कायम गरेको हो । अमेरिकालाई पछ्याइरहेको चीन दोस्रो स्थानमा छ । चीनले २२ स्वर्ण, २१ रजत र १६ काँस्य पदक जितेको छ ।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १४ स्वर्ण १२ रजत र नौ काँस्य जितेको छ । आयोजक फ्रान्स १३ स्वर्ण, १६ रजत र १९ काँस्य पदकसहित चौथो स्थानमा छ । पाँचौँ स्थानमा रहेको ग्रेट ब्रिटेनले १२ स्वर्ण, १५ रजत र १९ काँस्य जितेको छ ।

यस्तै दक्षिण कोरिया ११ स्वर्ण, आठ रजत र सात काँस्यसहित छैटौँ, जापान ११ स्वर्ण, ६ रजत र १२ काँस्यसहित सातौँ, इटाली नौ स्वर्ण, १० रजत र सात काँस्यसहित आठौँ, नेदरल्यान्ड्स आठ स्वर्ण, पाँच रजत र ६ काँस्यसहित नवौँ तथा जर्मनी आठ स्वर्ण, पाँच रजत र चार काँस्यसहित शीर्ष १० मा अटाएको छ । बुधबारसम्म ७६ देशले काँस्यसम्म पदक हात पारेका छन् । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 August 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न