अल्लू अर्जुनको नयाँ फिल्म ‘पुष्पा–२ः द रुल’ डिसेम्बर ६ देखि प्रदर्शनमा आउने

अल्लू अर्जुनको नयाँ फिल्म ‘पुष्पा–२ः द रुल’ डिसेम्बर ६ देखि प्रदर्शनमा आउने : Icon Khabar

मुम्बई, साउन २३ । दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनको नयाँ फिल्म ‘पुष्पा–२ः द रुल’ को प्रदर्शनको मितिका बारेमा धेरैले चासो व्यक्त गरिरहेका हुन्छन् । प्रारम्भमा यो फिल्म १५ अगस्तमा प्रदर्शन हुने कुरा थियो । यद्यपि, यसको प्रदर्शनलाई डिसेम्बरसम्मका लागि स्थगित गरिएको घोषणा गरियो ।

अहिले आएर फिल्मका निर्माताले यसको प्रदर्शन मिति घोषणा गरेका छन् । निर्माताले फिल्मको क्लाईमेक्स दृष्यको छायांकन गरिएसंगै ‘पुष्पा–२’ को प्रदर्शन मिति घोषणा गरेका हुन् । यो फिल्म अब डिसेम्बर ६, २०२४ का दिन प्रदर्शन हुने भएको छ । पुष्पा–२ प्रदर्शन मिति घोषणा भएसंगै फ्यानहरुसमेत उत्साहित भएका छन् ।

प्रदर्शन मिति घोषणा गर्न फिल्मका निर्माताले एउटा सानो भिडियो पनि शेयर गरेका छन् । उक्त भिडियोमा देखिएको एक्शन सीक्वेन्समा अल्लू अर्जुनको रोमाञ्चक अवतार देख्न सकिन्छ ।

सुकुमारद्वारा निर्देशित यो फिल्ममा अल्लू अर्जुनसंगै रश्मिका मन्दना तथा फहाद फासिल मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 August 2024
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित