अल्लू अर्जुनको नयाँ फिल्म ‘पुष्पा–२ः द रुल’ डिसेम्बर ६ देखि प्रदर्शनमा आउने

अल्लू अर्जुनको नयाँ फिल्म ‘पुष्पा–२ः द रुल’ डिसेम्बर ६ देखि प्रदर्शनमा आउने : Icon Khabar

मुम्बई, साउन २३ । दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनको नयाँ फिल्म ‘पुष्पा–२ः द रुल’ को प्रदर्शनको मितिका बारेमा धेरैले चासो व्यक्त गरिरहेका हुन्छन् । प्रारम्भमा यो फिल्म १५ अगस्तमा प्रदर्शन हुने कुरा थियो । यद्यपि, यसको प्रदर्शनलाई डिसेम्बरसम्मका लागि स्थगित गरिएको घोषणा गरियो ।

अहिले आएर फिल्मका निर्माताले यसको प्रदर्शन मिति घोषणा गरेका छन् । निर्माताले फिल्मको क्लाईमेक्स दृष्यको छायांकन गरिएसंगै ‘पुष्पा–२’ को प्रदर्शन मिति घोषणा गरेका हुन् । यो फिल्म अब डिसेम्बर ६, २०२४ का दिन प्रदर्शन हुने भएको छ । पुष्पा–२ प्रदर्शन मिति घोषणा भएसंगै फ्यानहरुसमेत उत्साहित भएका छन् ।

प्रदर्शन मिति घोषणा गर्न फिल्मका निर्माताले एउटा सानो भिडियो पनि शेयर गरेका छन् । उक्त भिडियोमा देखिएको एक्शन सीक्वेन्समा अल्लू अर्जुनको रोमाञ्चक अवतार देख्न सकिन्छ ।

सुकुमारद्वारा निर्देशित यो फिल्ममा अल्लू अर्जुनसंगै रश्मिका मन्दना तथा फहाद फासिल मुख्य भूमिकामा छन् ।

Published Date: 07 August 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु