फेसबुक ह्याक गरी ब्ल्याकमेल गरेको आरोपमा एक जना पक्राउ

फेसबुक ह्याक गरी ब्ल्याकमेल गरेको आरोपमा एक जना पक्राउ : Icon Khabar

काठमाडौं, साउन २३ । फेसबुक अकाउन्ट ह्याक गरी च्याटको स्क्रिनशटको आडमा ब्ल्याकमेल गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले तनहुँका ३५ वर्षीय सन्दिप थापा मगरलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

ब्युरोका अनुसार कार्यालयमा पीडितले आफूमाथि साइबर अपराध भएको भन्दै निवेदन दिएकी थिइन् । उनका अनुसार आरोपित व्यक्तिले सबैभन्दा पहिले पीडित महिलाको फेसबुक अकाउन्ट ह्याक गरे । त्यसपछि ती व्यक्तिले महिला र उनका श्रीमानबीच मेसेन्जरमा भएको च्याटको स्क्रिनशट लिए ।

यति गरेपछि उनले नक्कली अकाउन्ट खोली उक्त स्क्रिनशट महिलाका आफन्तलाई पठाइदिए । अनि त्यही स्क्रिनशटको आडमा ब्ल्याकमेल गरेर मानसिक तनाव दिनुका साथै बदनाम गरी चरित्रहत्या गरेको पीडित महिलाको आरोप छ ।

पीडित महिलाले निवेदन दिएपछि प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट आरोपित मगरको संलग्नता देखिएको ब्युरोले जनाएको छ । आरोपित मगर वैदेशिक रोजगारीको शिलशिलामा रोमानियमा थिए ।

उनीविरुद्ध विद्युतिय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी प्रहरी अनुसन्धान पश्चात सजायको मागदावी सहित जिल्ला अदालत काठमाडौंमा मिसिल पेश भएको थिए । त्यसपछि वैदेशिक रोजगारीमा रहेका प्रतिवादी मगर स्वदेश (नेपाल) फर्कने क्रममा आइतबार विमानस्थलबाटै पक्राउ परेको ब्युरोले जनाएको छ ।

उनलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 August 2024
Website | + posts
ताजा
बाढीपहिरोका कारण एक महिनादेखि उत्तरी नाका बन्द भएपछि १७ सय कन्टेनर अलपत्र
ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी नहुने


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू