फेसबुक ह्याक गरी ब्ल्याकमेल गरेको आरोपमा एक जना पक्राउ

फेसबुक ह्याक गरी ब्ल्याकमेल गरेको आरोपमा एक जना पक्राउ : Icon Khabar

काठमाडौं, साउन २३ । फेसबुक अकाउन्ट ह्याक गरी च्याटको स्क्रिनशटको आडमा ब्ल्याकमेल गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले तनहुँका ३५ वर्षीय सन्दिप थापा मगरलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

ब्युरोका अनुसार कार्यालयमा पीडितले आफूमाथि साइबर अपराध भएको भन्दै निवेदन दिएकी थिइन् । उनका अनुसार आरोपित व्यक्तिले सबैभन्दा पहिले पीडित महिलाको फेसबुक अकाउन्ट ह्याक गरे । त्यसपछि ती व्यक्तिले महिला र उनका श्रीमानबीच मेसेन्जरमा भएको च्याटको स्क्रिनशट लिए ।

यति गरेपछि उनले नक्कली अकाउन्ट खोली उक्त स्क्रिनशट महिलाका आफन्तलाई पठाइदिए । अनि त्यही स्क्रिनशटको आडमा ब्ल्याकमेल गरेर मानसिक तनाव दिनुका साथै बदनाम गरी चरित्रहत्या गरेको पीडित महिलाको आरोप छ ।

पीडित महिलाले निवेदन दिएपछि प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट आरोपित मगरको संलग्नता देखिएको ब्युरोले जनाएको छ । आरोपित मगर वैदेशिक रोजगारीको शिलशिलामा रोमानियमा थिए ।

उनीविरुद्ध विद्युतिय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी प्रहरी अनुसन्धान पश्चात सजायको मागदावी सहित जिल्ला अदालत काठमाडौंमा मिसिल पेश भएको थिए । त्यसपछि वैदेशिक रोजगारीमा रहेका प्रतिवादी मगर स्वदेश (नेपाल) फर्कने क्रममा आइतबार विमानस्थलबाटै पक्राउ परेको ब्युरोले जनाएको छ ।

उनलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको ब्युरोले जनाएको छ ।

Published Date: 07 August 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु