म जिन्दगीमा कहिल्यै भ्रष्टाचार गर्दिन: प्रधानमन्त्री ओली

म जिन्दगीमा कहिल्यै भ्रष्टाचार गर्दिन: प्रधानमन्त्री ओली : Icon Khabar

काठमार्डौं, साउन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जिन्दगीमा कहिल्यै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गरेका छन् ।

मंगलबार सिंह दरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राज्यको सम्पति अपचलन गरेर आफ्नो बनाउन नौतिकताले पनि नदिने भन्दै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गरेका हुन् ।

उनले भने,‘यस समितिसमक्ष म स्पष्ट पार्न चाहन्छु । मैले पहिले पनि जिन्दगीमा कहिल्यै भ्रष्टाचार गर्दिन भ्रष्टाचार सहिन पनि मेरो नजर बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो । राजनीतिक रुपमा कुरा उठाउँनु हिलो छ्याप्नु छुट्टै कुरा हो । म दावाका साथ भन्छु । यो धर्तिको अदालतमा मात्र होइन चित्रगुफ अगाडि पनि म जवाफ दिन सक्छु । मलाई धन आर्जन गर्नु छैन । राज्यको सम्पति अपचलन गरेर आफ्नो बनाउन मेरो नौतिकताले पनि दिँदैन ।’

उनले आफ्नो नजरभन्दा बाहिर कसैले भ्रष्टाचार गरेकोलाई आफूले गर्न दिएको भन्न नमिल्ने बताए ।

साथै प्रधानमन्त्री ओलीले देश र जनतालाई केन्द्रमा राखेर समृद्धिको बाटो अघि बढाउने लक्ष्यमा सरकार क्रियाशील रहेको तथा समान अवसर, शान्ति सुरक्षा र सामाजिक न्यायको सुनिश्चितता कायम गर्नु सरकारको पहिलो जिम्मेवारी भएकाले त्यसमा आफूहरु सजग र सचेत भएर लाग्ने स्पष्ट गरे । यो सरकार कसैको प्रतिशोधका लागि नभइ आर्थिक विकासको लक्ष्यका साथ गठन भएकाले यसले कसैलाई दुःख दिने मनसाय नराख्ने तर कानुनको दृष्टिमा सबै बराबर हुन भन्ने मान्यता स्थापित गर्न लागि पर्ने उनले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक भागवण्डाका आधारमा नियुक्ति नगर्न सांसदले दिएका सुझावबारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले निजामति क्षेत्रमा अनुभवी र राम्रो पहिचान बनाएका व्यक्ति हाल आयोगको प्रमुख रहेको र यस्ता नियुक्तिमा संसदीय सुनुवाइका प्रक्रिया पार भएकाले भागवण्डा भन्न नमिल्ने बताए । उनले सांसदहरुलाई पनि कुनै नियुक्तिहरुमा आफ्ना मान्छे भएका आधारमा सिफारिस गरे नगरेको आत्मसमीक्षा गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 August 2024
Website | + posts