काभा वुमन्स भलिबल नेसन्स लिग : श्रीलंकालाई हराउँदै भारत फाइनलमा

काभा वुमन्स भलिबल नेसन्स लिग : श्रीलंकालाई हराउँदै भारत फाइनलमा : Icon Khabar

काठमाडौं, साउन २२ । प्रमुख दाबेदार भारत श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा‌ प्रवेश गरेको छ। जारी प्रतियोगितामा श्रीलंका भारतसँग पराजित भएको यो दोस्रो पटक हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकासँग सोमबार लिग चरणमा भोगेको हारको बदला लिने अवसर थियो।

जहाँ सुरूवाती केहि समय श्रीलंकाले भारतलाई चुनौति दियो। खेलमा ७-६ को अग्रता पनि बनायो। तर यसपछि भारतले लगातार ८ अंक जोडेपछि भारतले १४-७ को आरामदायी अग्रता बनायो। यही अग्रतामा भारतले पहिलो सेट २५-१५ ले जित्यो।

१-० ले पछि परेको श्रीलंका दोस्रो सेटमा पनि खेलमा फर्कन सकेन। श्रीलंकाले खेलाडी परिवर्तनमा‌ पनि जोड दियो। यसले पनि बलियो भारतलाई रोक्न श्रीलंका असफल नै रहयो। दोस्रो सेट भारतले २५-१६ ले आफ्नो पक्षमा पार्यो।

२-० पछि परेपछि श्रीलंकाले तेस्रो सेटको सुरूवातमा भारतलाई चुनौति दिंदै श्रीलंकाले १२-८ को अग्रता बनाएको थियो। तर ४ अंकको यो अग्रतालाई श्रीलंकाले केहि बेरमा नै गुमायो। भारतले अन्त्यतिर सहजै अग्रतालाई बढाउँदै २५-२३ ले माथ दिदै सोझो सेटको जितमा अन्तिम दुईमा स्थान बनाउन सफल रहयो।

कप्तान तथा प्रमुख सेटर जिनी कोभात साजी बिना नै भारत आज पनि श्रीलंका विरूद्ध अब्बल देखियो।‌ आज भारतकी सुर्याको प्रदर्शन यो सहज जितमा सबैभन्दा उत्कृष्ट रहयो।
भारत समुह विजेता र श्रीलंका चौथो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका थिए।

अब भारतले उपाधिको लागि नेपाल र इरानबीचको विजेतासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। आजै केहि बेरमा आयोजक नेपाल र इरानबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।

Published Date: 06 August 2024


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु