भारतमा पहिरोमा परी ४५ जनाको मृत्यु

भारतमा पहिरोमा परी ४५ जनाको मृत्यु : Icon Khabar

नयाँदिल्ली, साउन १५ । भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

केरला राज्यकी स्वास्थ्यमन्त्री रीना जर्जले समाचार तयार पार्दासम्म विभिन्न अस्पतालमा ४५ वटा शव प्राप्त गरेको बताउँदै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीलाई बताए । भारतीय सेनाले खोज तथा उद्धार कार्यका लागि यस क्षेत्रमा २०० भन्दा बढी सैनिक तैनाथ गरेको जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपद्को अवस्थामा सम्भावित सबै सहयोग गर्ने आश्वासन दिनुभएको छ । उहाँले घटनाप्रति दुखः व्यक्त गदै मृत आत्माको चिर शान्तिको कामना तथा परिवारजनमा समवेदना प्रकट गरेका छन्।

केरलामा मङ्गलबार थप वर्षाका साथै तीव्र हावाहुरीको पूर्वानुमान गरिएको राज्यको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ । – रासस/एएफपी

Published Date: 30 July 2024


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु