मलाई दुबईमा पक्राउ गरेको होइन: राहत फतेह अलि खान

मलाई दुबईमा पक्राउ गरेको होइन: राहत फतेह अलि खान : Icon Khabar

काठमाडौँ, साउन ८ । पाकिस्तानका लोकप्रिय गायक राहत फतेह अलि खानले दुबईमा आफू गिरफ्तार भएको खबर झुटो भएको दावी गरेका छन् । राहतले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गर्दै आफू गिरफ्तार भएको झुटो खबर फैलाइएको भन्दै उक्त खबरमा विश्वास नगर्न आग्रह गरेका छन् ।

‘मेरो अनुरोध छ, यस्ता खबरमा विश्वास नगर्नु होला, म छिट्टै देश फर्किएर तपाईंहरुलाई सांगीतिक सरप्राइज दिने छु ।’ गीत रेकर्डिङको क्रममा दुबई पुगेको बेला उनी गिरफ्तार परेको खबर सार्वजनिक भएको थियो ।

यसअघि राहतका पुर्व प्रबन्धक सलमान अहमदको उजुरीमा दुबईमा प्रहरीले हिरासतमा लिएको बताइएको थियो । राहतको सलमानसँगको विवाद केहि वर्षदेखि नै चलिरहेको थियो ।

गायक राहत पटक–पटक विवादमा आइरहन्छन् । यस अघि उनले एक व्यक्तिलाई जुत्ताले हानेको भिडियो भाइरल भएको थियो भने उनलाई २०१९ मा विदेशी मुद्रा स्मलिङ गरेको आरोप लागेको थियो । पाकिस्तानी गायक राहत बलिवुडमा फिल्मका गीतका कारणसमेत चर्चित छन् ।

Published Date: 23 July 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु