मलाई दुबईमा पक्राउ गरेको होइन: राहत फतेह अलि खान

मलाई दुबईमा पक्राउ गरेको होइन: राहत फतेह अलि खान : Icon Khabar

काठमाडौँ, साउन ८ । पाकिस्तानका लोकप्रिय गायक राहत फतेह अलि खानले दुबईमा आफू गिरफ्तार भएको खबर झुटो भएको दावी गरेका छन् । राहतले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गर्दै आफू गिरफ्तार भएको झुटो खबर फैलाइएको भन्दै उक्त खबरमा विश्वास नगर्न आग्रह गरेका छन् ।

‘मेरो अनुरोध छ, यस्ता खबरमा विश्वास नगर्नु होला, म छिट्टै देश फर्किएर तपाईंहरुलाई सांगीतिक सरप्राइज दिने छु ।’ गीत रेकर्डिङको क्रममा दुबई पुगेको बेला उनी गिरफ्तार परेको खबर सार्वजनिक भएको थियो ।

यसअघि राहतका पुर्व प्रबन्धक सलमान अहमदको उजुरीमा दुबईमा प्रहरीले हिरासतमा लिएको बताइएको थियो । राहतको सलमानसँगको विवाद केहि वर्षदेखि नै चलिरहेको थियो ।

गायक राहत पटक–पटक विवादमा आइरहन्छन् । यस अघि उनले एक व्यक्तिलाई जुत्ताले हानेको भिडियो भाइरल भएको थियो भने उनलाई २०१९ मा विदेशी मुद्रा स्मलिङ गरेको आरोप लागेको थियो । पाकिस्तानी गायक राहत बलिवुडमा फिल्मका गीतका कारणसमेत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 July 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने