आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौँ, असार ३१ । आज २०८१ असार ३१ गते सोमबार, तद्अनुसार १५ जुलाई, २०२४ । आज असार शुक्ल नवमी, सिद्ध बालव स्वाति, सूर्योदय बिहानः ०५ः१८ बजे, सूर्यास्त साँझ १९ः०१ बजे ।

आजको राशिफल

मेष: आत्म विश्वासमा वृद्धि आउने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । व्यापारमा लाभ हुनेछ । लगानी शुभ रहने छ ।

वृष: परिवार अथवा साथीहरुसंग समय प्रसन्नतापूर्वक व्यतीत हुनेछ । निवेश शुभ रहने छ । तीर्थ यात्राको योजना बन्न सक्छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

मिथुन: व्यस्तता बढ्दो छ । बोलिमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला । कुनै पनि महत्वपूर्ण निर्णय लिन हतार नगर्नु होला ।

कर्कट: जीवनसाथीप्रति आभारी हुनु हुनेछ । लाभमा वृद्धि हुनेछ । पारिवारिक प्रसन्नता तथा सन्तुष्टि रहने छ । निवेश शुभ रहने छ ।

सिंह: आम्दानीमा वृद्धि हुनेछ । रोजगार प्राप्तिको योग छ । परिवारका सदस्यसंग विवाद हुनसक्छ । उन्नतिको अवसर प्राप्त हुनेछ ।

कन्या: नयाँ योजना बन्ने छ । मानिसहरुलाई सहयोग गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

तुला: प्रेम–प्रसंगमा हतार नगर्नु होला । प्रतिद्वन्दितामा वृद्धि हुनेछ । व्यवसाय लाभप्रद रहने छ । काममा ध्यान दिनु होला ।

वृश्चिक: या‍त्रा लाभदायक रहने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ । लामो समयदेखि रोकिएको पैसा प्राप्त हुने योग छ, प्रयास गर्नु होला ।

धनु: नवीन वस्त्राभूषणमा खर्च हुनेछ । अचानक लाभको योग छ । व्यावसायिक यात्रा सफल रहने छ । व्यापारमा वृद्धिबाट सन्तुष्टि रहने छ । उत्साहपूर्वक काम गर्न सक्नु हुनेछ ।

मकर: लगानी गर्ने उचित समय होइन । अरुको झगडामा नपर्नु होला । कार्यको गति सुस्त रहने छ । चिन्ता तथा तनाव हुनसक्छ ।

कुम्भ: सुखका साधनहरुमा सोच–विचार गरेरमात्र खर्च गर्नु होला । लगानी गर्नबाट बच्नु होला । परिवारमा मनमुटाव हुनसक्छ ।

मीन: थोरै प्रयासमै काम सफल रहने छ । साथीहरुलाई सहयोग गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लाभको अवसर प्राप्त हुनेछ ।

Published Date: 15 July 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?