भक्तपुरमा गायक अरुण थापाको २५औं स्मृति दिवस सांगीतिक कार्यक्रम हुने

भक्तपुरमा गायक अरुण थापाको २५औं स्मृति दिवस सांगीतिक कार्यक्रम हुने : Icon Khabar

भक्तपुर, असार २४ । नेपाली आधुनिक गीतसंगीतका एक वरिष्ठ गायक स्व अरुण थापाको २५औं स्मृति दिवसलाई लिएर भक्तपुर सांगीतिक समाजले कार्यक्रम गर्ने भएको छ।

नेपाली जनजनमा लोकप्रिय रहेका स्व गायक थापाको २५औं स्मृति दिवसलाई लिएर समाजले यसलाई अझ यादगार बनाउनका लागि आगामी साउन ५ गते शनिबारका दिन दिउँसो २ बजेदेखि सो कार्यक्रम आयोजना गर्न लागेको हो।

उक्त कार्यक्रम भक्तपुरको थिमिमा अवस्थित सिबर्ड इन्टरनेश्नल कलेजसंगको सहाकार्यमा सोही कलेजको प्रांगणमा हुँदैछ। भक्तपुरको मध्यपुर नगरपालिकाको सहयाता रहने सो कार्यक्रमका लागि आधिकारिक अनलाइन मिडिया पार्टनर आइकन खबर डटकम, आधिकारिक टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, आधिकारिक रेडियो पार्टनर भक्तपुर एफएम र आधिकारिक फोटोग्राफी पार्टनर बालकृष्ण फोटोग्राफी रहने छन्।

कार्यक्रममा विभिन्न गायक गायिकाले गायक थापाका गीतहरु प्रस्तुत गर्दै उनलाई श्रदान्जली ब्यक्त गरिनेछ। उक्त स्मृति दिवस कार्यक्रममा गायक थापाका संगीत सारथीहरू, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको उपस्थिति रहने समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले आइकन खबरलाई जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 July 2024
Website | + posts