भक्तपुरमा गायक अरुण थापाको २५औं स्मृति दिवस सांगीतिक कार्यक्रम हुने

भक्तपुरमा गायक अरुण थापाको २५औं स्मृति दिवस सांगीतिक कार्यक्रम हुने : Icon Khabar

भक्तपुर, असार २४ । नेपाली आधुनिक गीतसंगीतका एक वरिष्ठ गायक स्व अरुण थापाको २५औं स्मृति दिवसलाई लिएर भक्तपुर सांगीतिक समाजले कार्यक्रम गर्ने भएको छ।

नेपाली जनजनमा लोकप्रिय रहेका स्व गायक थापाको २५औं स्मृति दिवसलाई लिएर समाजले यसलाई अझ यादगार बनाउनका लागि आगामी साउन ५ गते शनिबारका दिन दिउँसो २ बजेदेखि सो कार्यक्रम आयोजना गर्न लागेको हो।

उक्त कार्यक्रम भक्तपुरको थिमिमा अवस्थित सिबर्ड इन्टरनेश्नल कलेजसंगको सहाकार्यमा सोही कलेजको प्रांगणमा हुँदैछ। भक्तपुरको मध्यपुर नगरपालिकाको सहयाता रहने सो कार्यक्रमका लागि आधिकारिक अनलाइन मिडिया पार्टनर आइकन खबर डटकम, आधिकारिक टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, आधिकारिक रेडियो पार्टनर भक्तपुर एफएम र आधिकारिक फोटोग्राफी पार्टनर बालकृष्ण फोटोग्राफी रहने छन्।

कार्यक्रममा विभिन्न गायक गायिकाले गायक थापाका गीतहरु प्रस्तुत गर्दै उनलाई श्रदान्जली ब्यक्त गरिनेछ। उक्त स्मृति दिवस कार्यक्रममा गायक थापाका संगीत सारथीहरू, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको उपस्थिति रहने समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले आइकन खबरलाई जानकारी दिए।

Published Date: 08 July 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी