जसपाका मन्त्रीको राजीनामा चार दिनपछि स्वीकृत, प्रधानमन्त्रीको काँधमा १० मन्त्रालय

जसपाका मन्त्रीको राजीनामा चार दिनपछि स्वीकृत, प्रधानमन्त्रीको काँधमा १० मन्त्रालय : Icon Khabar

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

काठमाडौं, असार २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीले दिएको राजीनामा चार दिनपछि स्वीकृत गरेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जसपाका तीन मन्त्रीले असार २१ गते साँझ राजीनामा बुझाएका थिए ।

उनीहरुको राजीनामा स्वीकृत भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले समहाल्नेगरी तोकेका छन् । जसपाबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए ।

अशोक राई नेतृत्वको जसपाले कांग्रेस एमालेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय गरिसकेको छ । यसअघि एमालेका आठ मन्त्रीले छाडेका मन्त्रालय पनि प्रधानमन्त्री स्वयंले सम्हालिरहेका छन् । अब प्रचण्ड सरकारमा माओवादी, रास्वपा र नेकपा एसका मन्त्री मात्र छन् ।

Published Date: 08 July 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु