भक्तपुरको लोकेश्वर साकोसमा बोल्ड टेक्स्ट राइटिङ्ग तालिम शुभारम्भ

भक्तपुरको लोकेश्वर साकोसमा बोल्ड टेक्स्ट राइटिङ्ग तालिम शुभारम्भ : Icon Khabar

भक्तपुर, असार २४ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा Bold Text Writing तालिम शुभारम्भ भएको छ ।

एक हप्ता सम्म संचालन हुने उक्त तालिमको औपचारीक कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित सहकारी संस्थाहरुले बचत र ऋण कारोबारमा मात्र केन्द्रीत नभइ सदस्यहरुको प्रतिभालाई उजागर गर्ने किसिमका विभिन्न तालिम, प्रशिक्षण कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्नुपर्ने बताए ।

सहकारीबाट सदस्यहरुको माग र आवश्यकतालाई ध्यानमा राखि संस्कृति र सामाजिक उत्थान हुने, युवा लक्ष्यीत, बालबालिकाहरुको मनोबल बढाउने जस्ता धेरै कार्यक्रमहरु संचालन गर्दै आएको जसबाट सदस्यहरु प्रत्यक्ष रुपमा लाभाम्वित भएको जानकारी दिए ।

प्रशिक्षार्थी सदस्यहरुले तालिमबाट सिकेको सीपलाई दैनिक जिवनमा उपयोग गर्दै समुदायमा पनि सीप रुपान्तरण गर्नुपर्ने विचार राखे। तालिमका प्रशिक्षक इन्द्रभक्त पंचले कार्यक्रममा बोल्दै हामीले निरन्तर रुपमा कोशिस गरेको खण्डमा कुनै पनि सीप सिक्न कठिन नहुने कुरा राख्दै प्रशिक्षार्थीहरुले तालिम सजिलैसँग सिक्न सक्ने बताए।

संस्थाका संचालक सदस्य एवं उप–समितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपसमितिका सदस्य कल्पना द्योपालाले जम्मा १५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेका र उक्त तालिमको समापन मिति आगामी असार २९ गते हुने जानकारी दिईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 July 2024
Website | + posts