सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, असार २३ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । गत शुक्रबार प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि गत जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च बनेको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार पुगेको थियो । गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८९० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 July 2024
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)