भक्तपुरमा वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न

भक्तपुरमा वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, असार २३ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रवर्द्वन उपसमितिको आयोजनामा दुई दिवसिय वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न भयो ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी संस्थामा बार्षिक योजना तथा बजेट बनाउनु कानुनी व्यवस्था पालना गर्नुको साथै संस्थामा सुशासन कायम गर्नमा समेत टेवा पुग्ने बताए । उनले सहकारीमा बार्षिक योजना तथा बजेटको महत्वबारे चर्चा गर्दै सहकारी विभागले जारी गरेको निर्देशनकाबारेमा जानकारी गराए।

संघका कोषाध्यक्ष एंव उपसमितिका संयोजक कान्छाभक्त घजुले सहकारीमा राम्रो योजना र बजेटले मात्र संस्था सफल हुने बताउदै बजेट अनुसार खर्च नपुग भएमा अर्को शिर्षकबाट रकमान्तर गर्ने व्यवस्था पनि रहेको बताए । उपसमितिका सदस्य राजकुमार लघुले तालिमबाट सिकेको कुरा संस्थामा प्रयोग गर्नुपर्ने विचार राखे।

संघका व्यवस्थापक बालकृष्ण धोजुले संस्थाको परिकल्पना, ध्येय र उद्देश्य प्राप्त गर्न सकिने गरी बार्षिक योजना तथा बजेट निर्माण गर्नुपर्ने जोड दिए। तालिमका सहजकर्ता राधेश्याम दुवालले हालको परिस्थितिमा सहकारीलाई नाफा घाटाको होड बाजीमा नलागी सहकारीलाई विषम परिस्थितीबाट जोगाउन विशेष ध्यान दिनुपर्ने बताए।

तालिममा योजना तथा बजेट बनाउन ध्यान दिनुपर्ने कुरा, योजना तथा बजेटको महत्व, योजनाको प्रकार, बार्षिक योजना प्रक्रिया, संस्थाको आन्तरिक तथा बाह्य विश्लेषण, संस्थाको परिकल्पाना, ध्येय, उद्देश्य, लक्ष्यको प्रयोग लगायतका विषयमा सिक्न पाएँकोमा सहभागीहरुले खुशी व्यक्त गरे ।

संघमा आबद्ध सदस्य संस्थाहरुमध्येबाट कोषाध्यक्ष, व्यवस्थापक वा लेखासहायक गरी १९ जनाको सहभागिता रह्यो । तालिमको समापन समारोहको संचालन उपसमितिका सदस्य राजाराम गोसाईले गरे।

Published Date: 07 July 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग