एजे स्कूलमा एसइई २०८० उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन

शत प्रतिशत विद्यार्थी उत्तीर्ण

एजे स्कूलमा एसइई २०८० उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन : Icon Khabar

भक्तपुर, असार २३ । भक्तपुरको सूर्यविनायकमा अवस्थित एजे स्कूलमार्फत एसइई २०८० उत्तीर्ण विद्यार्थीहरुको सम्मानमा बधाईज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम शनिबार सम्पन्न भयो।

विद्यालयले एसइई २०८० मा शत प्रतिशत नतिजा ल्याउन सफल भएकोमा खुशी ब्यक्त गर्दै शिक्षक शिक्षिकाको मेहनत, विद्यार्थीहरुको लगनशिलता र परिश्रम, अभिभावकको लगानीको प्रतिफल भएकोमा आभार प्रकट गर्दै सो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि ईसानका केन्द्रिय अध्यक्ष प्रेमजन थापाले विद्यार्थीहरुले निरन्तर अध्ययनशील हुनुका साथै अरूको भनाई र सुनाईमा भन्दा आफ्ने क्षमता अनुसारको विषय रोज्नुपर्ने बताउदै एसइई उत्तीर्ण विद्यार्थीहरुलाई बधाईज्ञापन तथा मायाको चिनो प्रदान गरेका थिए।

कार्यक्रमका विशेष अतिथि विद्यार्थी निकेतन माविका प्र.अ. एवं लोकप्रिय गणित शिक्षक तथा पुस्तक लेखक एन.बि. खाताख्वोले महंगो कलेजमा मात्र होईन सस्तो तथा व्यवस्थित कलेजहरूमा पनि उतिकै राम्रो पढाई हुने बताए।

कार्यक्रममा विद्यालयका प्र.अ. तथा कार्यक्रमका सभापति कृष्णराम दुवालले उत्तीर्ण विद्यार्थीहरुलाई उच्च शिक्षामा सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो अभिभावक, शिक्षक तथा अग्रजहरूको सल्लाह अनुसार आगाडी बढ्न सुझाव दिए।

कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक के.बि. प्रजापतिले एसइईको नतिजाबारे समग्र समिक्षा तथा विषयगत विश्लेषनात्मक प्रस्तुति
दिएका थिए जस अन्तर्गत
जिपिए 3.6-4.0: २ जना
जिपिए 3.2-3.6: ११ जना
जिपिए 2.8-3.2: ४ जना
Average जिपिए 3.35

उक्त कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष राम प्रसाद कुस्मा, संचालक समितिका सदस्य कृष्णमोहन सुवालले विद्यार्थीलाई शैक्षिक परामर्श दिदै मार्गनिदेशन गरेका थिए। कार्यक्रमको संचालन शिक्षिका एलिना प्याथले गरेकी थिइन्।

Published Date: 07 July 2024
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता