आजको मौसम पूर्वानुमानः देशभर बर्षा, चार प्रदेशमा ठूलो पानी पर्ने

आजको मौसम पूर्वानुमानः देशभर बर्षा, चार प्रदेशमा ठूलो पानी पर्ने : Icon Khabar

काठमाडौं, असार २३ । हाल बागमतीसहित देशका पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज (आइतबार) दिउँसो सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा भने धेरै ठूलो (भारी वर्षा) पानी पर्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज राति मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । सोमबार भने केही क्षेत्रमा मात्रै वर्षा हुने महाशाखाको पूर्वानुमान छ । सोमबार कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मात्रै वर्षाको सम्भावना छ ।

तर, मंगलबार भने फेरि सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसअघि शनिबार देशभर ठूलो पानी परेको थियो । वर्षाले संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न भू–भागमा ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढी–पहिरोमा परी नौं जनाको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता छन् । अविरल वर्षापछिको बाढी तथा पहिरोले सात प्रदेशका प्रमुख राजमार्गसहित ५० भन्दा बढी सडक अवरुद्ध बनेका छन् । जोखिम बढेकाले केही दिन यात्रा नगर्न सुझावसहितको सूचना सर्वसाधारणका लागि सरकारले जारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
Published Date: 07 July 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता