५० करोड भारू पारिश्रमिक लिएर अम्बानीको बिहेमा प्रस्तुति दिदै जस्टिन बिबर

५० करोड भारू पारिश्रमिक लिएर अम्बानीको बिहेमा प्रस्तुति दिदै जस्टिन बिबर : Icon Khabar

काठमाडौँ, असार २१ । विश्वका धनाढ्यमध्ये एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहमा क्यानडाका चर्चित गायक जस्टिन बिबरले प्रस्तुति दिँदैछन्।

अनन्त र राधिका मर्चेन्टको विवाह १२ जुलाईमा हुँदैछ। ५ जुलाईमा अनन्त र राधिकाको संगीत समारोह हुनेछ। जसमा जस्टिनले आफ्नो प्रस्तुति दिनेछन्। जस्टिन बाहेक बादशाह र करण औजलाले पनि सांगीतिक प्रस्तुति दिनेछन्।

आफ्नो प्रस्तुति दिन जस्टिन बिहीबार भारत आइसकेका छन्। यसको लागि उनले अम्बानी परिवारबाट महँगो पारिश्रमिक समेत लिएका छन्।भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार उनले ५० करोड भारू पारिश्रमिक लिने भएका छन्।

राधिका एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी हुन्। ४ वर्ष प्रेम सम्बन्धमा रहेका अनन्त र राधिकाले २०२२ मा इन्गेजमेन्ट गरेका थिए।

Published Date: 05 July 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग