आफ्नो आँखाको बीमा गराएकी अभिनेत्री ऐश्वर्या राय

आफ्नो आँखाको बीमा गराएकी अभिनेत्री ऐश्वर्या राय : Icon Khabar

मुम्बई, असार २१ । बलिउडदेखि हलिउडसम्म त्यस्ता धेरै सेलिब्रेटीहरु छन्, जसले आफ्नो शरीरका हरेक अंगको बीमा गराएका छन् । ती कलाकारहरुमा बलिउड अभिनेत्री ऐश्वर्या राय दिवंगत गायिका लता मंगेशकरको पनि नाम समावेश थियो । लता मंगेशकरले आफ्नो आवाजको बीमा गराएकी थिइन् ।

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो मुस्कानको बीमा गराएकी छिन् । उनले उक्त बीमा आफू सन् २००० मा मिस वर्ल्ड भएपछि गराएकी हुन् । ‘गदर–२’ का अभिनेता सनी देओल अहिल ‘बोर्डर २’ का कारण चर्चामा छन् । सनी देओलले आफ्नो आवाज र डायलग्स डेलिभरी स्टाइलको बीमा गराएका छन् ।

अभिनेत्री नेहा धुपियाले आफ्नो शरीरको अंग (नितम्ब) को बीमा गराएकी छिन् । उनले उक्त कुरा एउटा अन्तर्वार्ताको क्रममा बताएकी हुन् । फिल्ममा त्यति जम्न नसकेकी अभिनेत्री मल्लिका शेरावतले आफ्नो सम्पूर्ण शरीरको नै बीमा गराएकी छिन् ।

अभिनेता रजनीकान्तको नाम पनि यो सूचिमा समावेश छ । रजनीकान्तले आफ्नो आइकनिक आवाजको कपीराइट र बीमा
दुबै गराएका छन् । अभिनेता जोन अब्राहमले आफ्नो हिपको बीमा गराएका छन् । उनले शरीरको उक्त अंगको बीमाका लागि १० करोड भारतीय रुपैयाँ खर्च गरेका छन् ।

अमिताभ बच्चनले आफ्नो गहकिलो आवाजका लागि बीमासहित कपीराइट पनि गराएका छन् । अभिनेत्री ऐश्वर्या रायको नीलो आँखाको फ्यान संसारमा धेरै मानिस छन् । ऐश्वर्याले आफ्नो शरीरको सबै भन्दा सुन्दर अंग आँखाको बीमा गराएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 July 2024
Website | + posts