आफ्नो आँखाको बीमा गराएकी अभिनेत्री ऐश्वर्या राय

आफ्नो आँखाको बीमा गराएकी अभिनेत्री ऐश्वर्या राय : Icon Khabar

मुम्बई, असार २१ । बलिउडदेखि हलिउडसम्म त्यस्ता धेरै सेलिब्रेटीहरु छन्, जसले आफ्नो शरीरका हरेक अंगको बीमा गराएका छन् । ती कलाकारहरुमा बलिउड अभिनेत्री ऐश्वर्या राय दिवंगत गायिका लता मंगेशकरको पनि नाम समावेश थियो । लता मंगेशकरले आफ्नो आवाजको बीमा गराएकी थिइन् ।

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो मुस्कानको बीमा गराएकी छिन् । उनले उक्त बीमा आफू सन् २००० मा मिस वर्ल्ड भएपछि गराएकी हुन् । ‘गदर–२’ का अभिनेता सनी देओल अहिल ‘बोर्डर २’ का कारण चर्चामा छन् । सनी देओलले आफ्नो आवाज र डायलग्स डेलिभरी स्टाइलको बीमा गराएका छन् ।

अभिनेत्री नेहा धुपियाले आफ्नो शरीरको अंग (नितम्ब) को बीमा गराएकी छिन् । उनले उक्त कुरा एउटा अन्तर्वार्ताको क्रममा बताएकी हुन् । फिल्ममा त्यति जम्न नसकेकी अभिनेत्री मल्लिका शेरावतले आफ्नो सम्पूर्ण शरीरको नै बीमा गराएकी छिन् ।

अभिनेता रजनीकान्तको नाम पनि यो सूचिमा समावेश छ । रजनीकान्तले आफ्नो आइकनिक आवाजको कपीराइट र बीमा
दुबै गराएका छन् । अभिनेता जोन अब्राहमले आफ्नो हिपको बीमा गराएका छन् । उनले शरीरको उक्त अंगको बीमाका लागि १० करोड भारतीय रुपैयाँ खर्च गरेका छन् ।

अमिताभ बच्चनले आफ्नो गहकिलो आवाजका लागि बीमासहित कपीराइट पनि गराएका छन् । अभिनेत्री ऐश्वर्या रायको नीलो आँखाको फ्यान संसारमा धेरै मानिस छन् । ऐश्वर्याले आफ्नो शरीरको सबै भन्दा सुन्दर अंग आँखाको बीमा गराएकी छिन् ।

Published Date: 05 July 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग