बालबालिकामा मोबाइलको लत बसे के हुन्छ ?

बालबालिकामा मोबाइलको लत बसे के हुन्छ ? : Icon Khabar

काठमाडौँ, असार २१ । बालबालिकाले आफै मोबाइल चलाउदैनन्। अभिभावकले अत्याधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन र लत बस्छ।

मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने तथा निद्रा पातलो लागेर निद्राबाट पटक पटक समस्या देखिन सक्छ।
आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउँ।

मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु कस्तो खानेकुरा कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउंदैनन्। जसका कारण पोषण सम्बन्धित समस्या पाचन प्रणालीमा समस्या हुन सक्दछ।

खाना खुवाउँदा अभिभावकले बच्चाहरुसँग बोलेर खेलेर डुलाएर, गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिदै खुवाउनुपर्छ।

मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिदै जान सक्छ। साथै रिसाउने, रुने दोहोरो कुरा नगर्ने हुन सक्दछन्। यसले गर्दा बच्चा ठूलो हुँदै जाँदा खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्छन्।

सुत्नु भन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल बाट आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ।
मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुर्‍याउँछ ।

Published Date: 05 July 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर