बालबालिकामा मोबाइलको लत बसे के हुन्छ ?

बालबालिकामा मोबाइलको लत बसे के हुन्छ ? : Icon Khabar

काठमाडौँ, असार २१ । बालबालिकाले आफै मोबाइल चलाउदैनन्। अभिभावकले अत्याधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन र लत बस्छ।

मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने तथा निद्रा पातलो लागेर निद्राबाट पटक पटक समस्या देखिन सक्छ।
आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउँ।

मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु कस्तो खानेकुरा कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउंदैनन्। जसका कारण पोषण सम्बन्धित समस्या पाचन प्रणालीमा समस्या हुन सक्दछ।

खाना खुवाउँदा अभिभावकले बच्चाहरुसँग बोलेर खेलेर डुलाएर, गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिदै खुवाउनुपर्छ।

मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिदै जान सक्छ। साथै रिसाउने, रुने दोहोरो कुरा नगर्ने हुन सक्दछन्। यसले गर्दा बच्चा ठूलो हुँदै जाँदा खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्छन्।

सुत्नु भन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल बाट आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ।
मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुर्‍याउँछ ।

Published Date: 05 July 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड