भोलिदेखि धेरै वर्षा हुने, सतर्क रहन आग्रह

भोलिदेखि धेरै वर्षा हुने, सतर्क रहन आग्रह : Icon Khabar

काठमाडौँ, असार १५ । देशका अधिकांश स्थानमा अबको एक साता मध्यमदेखि ठुलो वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले अबको एक साता मनसुन सक्रिय रहँदै मध्यमदेखि ठुलो वर्षा हुने जनाएको हो । मनसुनको न्यूनचापीय रेखा पूर्ण रूपमा विकास भई नेपालनजिक रहेकाले नेपालमा मनसुन थप सक्रिय हुन लगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण शुक्रबारदेखि आउँदो बिहीबारसम्म देशभर मनसुनी वर्षा हुने मौसमविद् गोविन्द झाले बताए।

नेपालको पहाडी भेगमा भारी वर्षाले बढी प्रभाव पार्न सक्ने महाशाखाले जनाएको छ । पूर्वी र मध्य तराईमा बिहीबारदेखि नै वर्षाको क्रम सुरु हुँदा त्यस क्षेत्रमा डुबान सुरु भइसकेको छ ।

विगत १२ घण्टामा सर्लाही क्षेत्रमा १४५ मिलिमिटर वर्षा रेकर्ड भएको छ । महाशाखाले जनाए अनुसार गण्डकी, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश र कर्णाली प्रदेशका एक दुई स्थानमा ठुलो वर्षाको सम्भावना रहेको जनाएको छ ।

वर्षा हुने स्थानमा बाढी, भू–क्षय, पहिरो तथा गेग्य्रान बहावको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ । सहरी तथा तराई क्षेत्रमा डुबान हुँदा बस्तीहरू उच्च जोखिममा रहनुका साथै ठुला तथा साना नदीनाला र खोलामा बहावको सतह बढ्ने हुँदा आवश्यक सतर्क रहन सुझाइएको छ ।

सो क्रममा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न पनि सरोकारवाला निकायहरूलाई अनुरोध गरिएको छ ।

वर्षाको क्रमसँगै नेपालका सानाठुला नदीको बहाव उच्च बन्ने भएकाले नदी तटीय क्षेत्रमा थप सावधानी अपनाउन भनिएको छ । सो क्षेत्रमा भौतिक पूर्वाधारका काम भइरहेको भए रोक्न अपिल गरिएको छ । नदीमा बहाव बढ्ने भएकाले डुबान, कटान तथा बस्तीमा पस्न सक्ने क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 June 2024
Website | + posts






ताजा
सुनचाँदी व्यवसायीहरुद्वारा असार २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक
आइतबार नेप्से परिसूचक ३.७५ अंकले बढ्यो
अण्डाको बाकस बालेर लामखुट्टे भगाउने प्रयास गर्नुहुन्छ ? सावधान
अमेरिकामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुग्यो








ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न