भोलिदेखि धेरै वर्षा हुने, सतर्क रहन आग्रह

भोलिदेखि धेरै वर्षा हुने, सतर्क रहन आग्रह : Icon Khabar

काठमाडौँ, असार १५ । देशका अधिकांश स्थानमा अबको एक साता मध्यमदेखि ठुलो वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले अबको एक साता मनसुन सक्रिय रहँदै मध्यमदेखि ठुलो वर्षा हुने जनाएको हो । मनसुनको न्यूनचापीय रेखा पूर्ण रूपमा विकास भई नेपालनजिक रहेकाले नेपालमा मनसुन थप सक्रिय हुन लगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण शुक्रबारदेखि आउँदो बिहीबारसम्म देशभर मनसुनी वर्षा हुने मौसमविद् गोविन्द झाले बताए।

नेपालको पहाडी भेगमा भारी वर्षाले बढी प्रभाव पार्न सक्ने महाशाखाले जनाएको छ । पूर्वी र मध्य तराईमा बिहीबारदेखि नै वर्षाको क्रम सुरु हुँदा त्यस क्षेत्रमा डुबान सुरु भइसकेको छ ।

विगत १२ घण्टामा सर्लाही क्षेत्रमा १४५ मिलिमिटर वर्षा रेकर्ड भएको छ । महाशाखाले जनाए अनुसार गण्डकी, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश र कर्णाली प्रदेशका एक दुई स्थानमा ठुलो वर्षाको सम्भावना रहेको जनाएको छ ।

वर्षा हुने स्थानमा बाढी, भू–क्षय, पहिरो तथा गेग्य्रान बहावको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ । सहरी तथा तराई क्षेत्रमा डुबान हुँदा बस्तीहरू उच्च जोखिममा रहनुका साथै ठुला तथा साना नदीनाला र खोलामा बहावको सतह बढ्ने हुँदा आवश्यक सतर्क रहन सुझाइएको छ ।

सो क्रममा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न पनि सरोकारवाला निकायहरूलाई अनुरोध गरिएको छ ।

वर्षाको क्रमसँगै नेपालका सानाठुला नदीको बहाव उच्च बन्ने भएकाले नदी तटीय क्षेत्रमा थप सावधानी अपनाउन भनिएको छ । सो क्षेत्रमा भौतिक पूर्वाधारका काम भइरहेको भए रोक्न अपिल गरिएको छ । नदीमा बहाव बढ्ने भएकाले डुबान, कटान तथा बस्तीमा पस्न सक्ने क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

Published Date: 29 June 2024


ताजा
दुई दिनको बिदाले अस्पतालमा बढायो बिरामीको चाप, भक्तपुर अस्पतालको टिकट काउन्टरमै तनाव
नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार
देशभर मनसुन सक्रिय: हिमाली क्षेत्रमा हिमपात, धेरैजसो प्रदेशमा भारी वर्षाको सम्भावना
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु