आज २१ औं राष्ट्रिय धान दिवस देशभर मनाइँदै

आज २१ औं राष्ट्रिय धान दिवस देशभर मनाइँदै : Icon Khabar

काठमाडौं, असार १५ । आज २१ औं राष्ट्रिय धान दिवस देशभर मनाइँदैछ ।

सरकारले २०६१ सालमा नेपाली क्यालेन्डरअनुसार असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा धान खेती पर्वका रुपमा मनाउने निर्णय गरेको थियो ।

धान रोप्ने, दही र पिटे भात जस्ता मिठो परिकार खाने, गीत गाउने, एकअर्कामा माटो फाल्ने र मनोरञ्जन जस्ता परम्परागत सांस्कृतिक कार्यक्रम गरेर आजको दिन मनाइँदैछ । धान नेपालमा मात्र नभई सम्पूर्ण दक्षिण एसियाकै प्रमुख बाली हो ।

धान खेतीका लागि जमिनको संरक्षण, स्वच्छ र स्वस्थ बीउको प्रवद्र्धन, सिँचाइ सुविधा विस्तार र हाइब्रिड तथा रोग प्रतिरोधी जातको विकास गरी धान उत्पादनमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य छ । नेपालमा कुल खेतीयोग्य जमिनको ४७ प्रतिशतमा धान खेती गरिन्छ ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सिँचाइ आपूर्ति विस्तार, रासायनिक मल तथा बीउ अनुदानमा अनुदान, आधुनिक प्रविधिको विस्तार, अनुसन्धान र विकासलगायतका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको भन्दै आजको दिनमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनका कारण खडेरी, भारी वर्षा, कम वर्षा, प्राकृतिक प्रकोप र रोगको फैलावटका कारण धान उत्पादनको लक्ष्य प्रभावित हुन सक्ने र हाम्रो खाद्य सुरक्षामा चुनौती खडा हुन सक्ने प्रधानमन्त्रीले चेतावनी दिएका छन् ।

यस पृष्ठभूमिमा प्रधानमन्त्री दाहालले धान र धानको आयातलाई प्रतिस्थापन गरी मुलुकलाई आत्मनिर्भर बनाउन धान उत्पादन वृद्धिका लागि जलवायु अनुकुलन प्रजातिको विकास र नयाँ प्रविधिको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

Published Date: 29 June 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न