बलिउड अभिनेता अनुपम खेरको कार्यालयमा चोरी भएपछी……

बलिउड अभिनेता अनुपम खेरको कार्यालयमा चोरी भएपछी…… : Icon Khabar

मुम्बई, असार ७ । बलिउड अभिनेता अनुपम खेरको मुम्बईको वीर देसाई रोडस्थित अफिसमा चोरी भएको छ ।

चोरले अफिसका सामान चोरी गर्नुको साथै अफिस तोडफोड गरेर अटो रिक्शामा भागेका छन् । उक्त घटनाको जानकारी अनुपम खेर स्वयंले सामाजिक सञ्जालमा एउटा पोस्ट शेयर गर्दै दिएका हुन् ।

घटना दुई दिनअघि अर्थात बुधबारको । अफिसमा घुसेका चोरले अफिसमा भएको फिल्मको नेगेटिभसमेत चोरेर लगेका छन् । सामान लिएर भागेका चोर सीसीटीभीमा कैद भएका छन् । अनुपम खेरले प्रहरीलाई घटनाको बारेमा जानकारी गराएका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

Published Date: 21 June 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी