योग किन जरुरी छ ? कसले गर्ने र कसले नगर्ने ?

योग किन जरुरी छ ? कसले गर्ने र कसले नगर्ने ? : Icon Khabar

काठमाडौँ, असार ७ । आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ। योग मानव सभ्यताको प्राचीनतम र सुक्ष्म विज्ञान हो। यसले मानसिक र शारीरिक रुपमा सुखी बनाउँछ। संस्कृत शब्दको युज धातुबाट योग बनेको हो। जसको अर्थ जोड्नु, मिलाउनु र समाहित हुनु हो। व्यक्तिको चेतनालाई परम चेतनासँग मिलाउनु नै योग हो। भौतिक रुपमा शरीर र मनको एकता वा लय हुनु योग हो।

योग किन?

मानसिक र शारीरिक रुपमा सुखी हुनका लागि योग गर्नुपर्छ। दुख, बन्धन, आत्मसन्तुष्टिको अभाव, मृत्युको अपरिहार्य, भौतिक संसारको अस्थिरता, कहिल्यै सन्तुस्ट नहुने मनको स्वभाव, भौतिक अवस्था र सम्बन्धहरुबाट स्थायी आनन्द असम्भव छ। यी सबै कुराबाट सुखी रहन र स्वस्थ रहन योग आवश्यक छ।

योगका प्रमुख चार मार्गहरु
– प्रबल इच्छा शक्ति भएकाहरुका लागि अस्टांगयोग (राजयोग)
– तार्किक प्रकृति भएकाहरुका लागि ज्ञानयोग
– भावनात्मक झुकाब भएकाहरुका लागि भक्तियोग
– सक्रिय प्रकृति भएकाहरुका लागि कर्मयोग

योग गर्नुपूर्व ध्यान दिनुपर्ने कुराहरु
– निरन्तरताको संकल्प
– शरीरको अवस्था
– मानसिक स्थिति
– अभ्यास गर्ने स्थान र वातावरण
– खानपान
– योग गर्ने समय
– पोशाक
– प्रत्यक्ष प्रशिक्षणको आवश्यकता

सावधानी/ कसले नगर्ने?
ज्वरों, शरीरमा संक्रमण, उच्च रक्तचाप, ढाडका नशा च्यापिने अवस्था, मुटुरोग, हर्निया, पेटको क्षय रोग, महिनावारीको समयमा भने योग गर्नुहुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 June 2024
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित