योग किन जरुरी छ ? कसले गर्ने र कसले नगर्ने ?

योग किन जरुरी छ ? कसले गर्ने र कसले नगर्ने ? : Icon Khabar

काठमाडौँ, असार ७ । आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ। योग मानव सभ्यताको प्राचीनतम र सुक्ष्म विज्ञान हो। यसले मानसिक र शारीरिक रुपमा सुखी बनाउँछ। संस्कृत शब्दको युज धातुबाट योग बनेको हो। जसको अर्थ जोड्नु, मिलाउनु र समाहित हुनु हो। व्यक्तिको चेतनालाई परम चेतनासँग मिलाउनु नै योग हो। भौतिक रुपमा शरीर र मनको एकता वा लय हुनु योग हो।

योग किन?

मानसिक र शारीरिक रुपमा सुखी हुनका लागि योग गर्नुपर्छ। दुख, बन्धन, आत्मसन्तुष्टिको अभाव, मृत्युको अपरिहार्य, भौतिक संसारको अस्थिरता, कहिल्यै सन्तुस्ट नहुने मनको स्वभाव, भौतिक अवस्था र सम्बन्धहरुबाट स्थायी आनन्द असम्भव छ। यी सबै कुराबाट सुखी रहन र स्वस्थ रहन योग आवश्यक छ।

योगका प्रमुख चार मार्गहरु
– प्रबल इच्छा शक्ति भएकाहरुका लागि अस्टांगयोग (राजयोग)
– तार्किक प्रकृति भएकाहरुका लागि ज्ञानयोग
– भावनात्मक झुकाब भएकाहरुका लागि भक्तियोग
– सक्रिय प्रकृति भएकाहरुका लागि कर्मयोग

योग गर्नुपूर्व ध्यान दिनुपर्ने कुराहरु
– निरन्तरताको संकल्प
– शरीरको अवस्था
– मानसिक स्थिति
– अभ्यास गर्ने स्थान र वातावरण
– खानपान
– योग गर्ने समय
– पोशाक
– प्रत्यक्ष प्रशिक्षणको आवश्यकता

सावधानी/ कसले नगर्ने?
ज्वरों, शरीरमा संक्रमण, उच्च रक्तचाप, ढाडका नशा च्यापिने अवस्था, मुटुरोग, हर्निया, पेटको क्षय रोग, महिनावारीको समयमा भने योग गर्नुहुँदैन।

Published Date: 21 June 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय