न्युरोड, हाँडीगाउँ र प्राचीन तथा पुरातात्विक क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने महानगरको घोषणा

न्युरोड, हाँडीगाउँ र प्राचीन तथा पुरातात्विक क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने महानगरको घोषणा : Icon Khabar

काठमाडौं, असर १ । काठमाडौं महानगरपालिकाले न्युरोड, हाँडीगाउँ सहित प्राचीन तथा पुरातात्विक क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने घोषणा गरेको छ ।

मेयर बालेन साहले शुक्रबार आगामी आर्थिक वर्ष २०८१/ ८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले विश्व सम्पदा सूचीमा रहेका बौद्धनाथ र स्वयम्भूनाथलाई काठमाडौं महानगरपालिका अन्तर्गत ल्याएर सञ्चालन र व्यवस्थापन गर्न पहल गरिने समेत बताए ।

सूचीकृत सम्पदा क्षेत्रहरूमा समेत सवारीसाधन निषेध गरिने उनले बताए । बृहत हाँडीगाउ गुरुयोजना तयार गरी लिच्छवीकालीन हाँडीगाउँको पुनर्विकास गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने उनले बताए । यी भेगमा होमस्टेलाई महानगरपालिकाले प्रोत्साहन गर्ने भएको छ ।

Published Date: 15 June 2024


ताजा
दुई दिनको बिदाले अस्पतालमा बढायो बिरामीको चाप, भक्तपुर अस्पतालको टिकट काउन्टरमै तनाव
नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार
देशभर मनसुन सक्रिय: हिमाली क्षेत्रमा हिमपात, धेरैजसो प्रदेशमा भारी वर्षाको सम्भावना
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु