न्युरोड, हाँडीगाउँ र प्राचीन तथा पुरातात्विक क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने महानगरको घोषणा

न्युरोड, हाँडीगाउँ र प्राचीन तथा पुरातात्विक क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने महानगरको घोषणा : Icon Khabar

काठमाडौं, असर १ । काठमाडौं महानगरपालिकाले न्युरोड, हाँडीगाउँ सहित प्राचीन तथा पुरातात्विक क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने घोषणा गरेको छ ।

मेयर बालेन साहले शुक्रबार आगामी आर्थिक वर्ष २०८१/ ८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले विश्व सम्पदा सूचीमा रहेका बौद्धनाथ र स्वयम्भूनाथलाई काठमाडौं महानगरपालिका अन्तर्गत ल्याएर सञ्चालन र व्यवस्थापन गर्न पहल गरिने समेत बताए ।

सूचीकृत सम्पदा क्षेत्रहरूमा समेत सवारीसाधन निषेध गरिने उनले बताए । बृहत हाँडीगाउ गुरुयोजना तयार गरी लिच्छवीकालीन हाँडीगाउँको पुनर्विकास गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने उनले बताए । यी भेगमा होमस्टेलाई महानगरपालिकाले प्रोत्साहन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 June 2024
Website | + posts