नेवार समुदायले आज पानीको श्रोत सफा गर्दै सिथि नखा: पर्व मनाइंदै

नेवार समुदायले आज पानीको श्रोत सफा गर्दै सिथि नखा: पर्व मनाइंदै : Icon Khabar

काठमाडौँ, जेठ ३० । काठमाडौँ उपत्यकामा आज आज सिथि नखा: पर्व मनाइंदै छ। हरेक वर्षको जेष्ठ शुक्ल षष्ठीका दिनमा नेवा: सभ्यता र सस्कार अनुरुप हरेक वर्ष सिथि नखा: पर्व मनाईन्छ ।

वर्षयामको तयारी अनि पानीको मुहानको सरसफाईका लागि नेवाः सभ्यता र सस्कार अनुसार हरेक वर्ष जेष्ठ शुक्ल पष्ठीका दिनमा सिथि नखा: चाड मनाईने चलन छ ।

पानीको श्रोतकालागि अत्यन्त महत्वपूर्ण यी कुराहरुको सरसफाई र सुब्यबस्थालाई ध्यानमा राख्दै सिथि नखः मनाईने चलन भएको हो । यस चाडले पानीको मुहान संरक्षण र पानीको महत्वमाथि पनि प्रकाश पार्दछ ।

आजको दिन ईनार, कुँवा अनि पोखरी वरिपरि पूजा गर्ने अनि यसरी पूजा गर्नपूर्व सरसफाई गर्ने चलन छ । यसरी सिथि नखः मा सरसरफाई गरिसकेपछि केही दिनकालागि पानीका मुहानलाई प्रयोग नगरिकन पानीलाई चलाउनहुन्न र स्थिर गराएर पानीको सतह राख्नपर्दछ भन्ने मान्यता छ ।

सिथि नखा: का दिन पानीका मुहानको सामुहीक सरसफाई गरिसकेपछि घरघरमा गएर परम्परागत नेवा: खानाहरु बारा, चटामरी, छोयला आदिजस्ता परिकारहरु खाने चलन छ ।

Published Date: 12 June 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु