धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४४ डिग्री पुग्यो

धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४४ डिग्री पुग्यो : Icon Khabar

काठमाडौं, जेठ २९ । केही दिनयता पश्चिम तराईका धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

जसका कारण अत्याधिक गर्मी महसुस हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागले ती भेगका बासिन्दालाई गर्मीबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान पौने ९ बजे सार्वजनिक गरेको १६ स्थानको विवरणमध्ये धनगढीको अधिकतम तापक्रम सबैभन्दा बढी ४४ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै, नेपालगञ्जमा ४३.६, बिराटनगरमा ४०.९, दिपायलमा ४०.७, भैरहवामा ३९.८ र काठमाडौंमा ३४.४ डिग्री सेल्सियस तापक्रम पुगेको छ । आज ओखलढुंगाको सबैभन्दा कम तापक्रम २६.२ डिग्री सेल्सियस मापन गरिएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा समेत अत्याधिक गर्मी हुन थालेको छ ।

Published Date: 11 June 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु