धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४४ डिग्री पुग्यो

धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४४ डिग्री पुग्यो : Icon Khabar

काठमाडौं, जेठ २९ । केही दिनयता पश्चिम तराईका धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

जसका कारण अत्याधिक गर्मी महसुस हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागले ती भेगका बासिन्दालाई गर्मीबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान पौने ९ बजे सार्वजनिक गरेको १६ स्थानको विवरणमध्ये धनगढीको अधिकतम तापक्रम सबैभन्दा बढी ४४ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै, नेपालगञ्जमा ४३.६, बिराटनगरमा ४०.९, दिपायलमा ४०.७, भैरहवामा ३९.८ र काठमाडौंमा ३४.४ डिग्री सेल्सियस तापक्रम पुगेको छ । आज ओखलढुंगाको सबैभन्दा कम तापक्रम २६.२ डिग्री सेल्सियस मापन गरिएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा समेत अत्याधिक गर्मी हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 June 2024
Website | + posts




ताजा
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता