जेठ ३१ गतेदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण बन्द हुने

जेठ ३१ गतेदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण बन्द हुने : Icon Khabar

काठमाडौँ, जेठ २८ । जेठ ३१ गतेदेखि मेलम्चीको पानी वितरण बन्द हुने भएको छ ।

जेठको दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

जेठ ३१ देखि नै नेपालमा मनसुन सक्रिय हुँदै छ ।

Published Date: 10 June 2024