तराईमा तातो हावा चलिरहेको छ, सतर्कता अपनाउनुस: मौसम विज्ञान विभाग

तराईमा तातो हावा चलिरहेको छ, सतर्कता अपनाउनुस: मौसम विज्ञान विभाग : Icon Khabar

काठमाडौँ, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारीका साथै सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागका मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी बढ्ने अनुमान गरिएको जानकारी दिए ।

विभागले भनेको छ, “तराईका भूभागमा जेठ २८ गतेसम्म तातो हावासँगै तातो लहर ‘लू’ को सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।” मौसमविद् महर्जनका अनुसार यसअघि नेपालगञ्जमा यो वर्षको सबैभन्दा बढी ४४.२ डिग्री र धनगढीमा ४४.१ डिग्री तापक्रम मापन भएको थियो ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत रहेकाले सोबाट बच्नुपर्ने मौसमविद् महर्जनको भनाइ छ । – रासस

Published Date: 09 June 2024


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न